युवाहरु नमुना युवा गाउँसभा अभ्यास गर्दै

0
94


बाँके, (राप्ती सोनारी) पौष २१-

राप्ती सोनारी गाउँपालिकाका युवाहरु नमुना युवा गाउँसभा अभ्यास गरिरहेकाछन् । बुधबारदेखि गाउँपालिकाको सभाहलमा भईरहेको नमुना युवा गाउँसभा अभ्यास तथा प्रशिक्षण कार्यक्रममा युवाहरुले प्रयोगात्मक रुपमा अभ्यास गर्ने अवसर पाएकमा हुन् । राष्ट्रिय युवा परिसदद्वारा नमुना युवा संसद अभ्यास कार्यक्रम अन्तर्गत एक जिल्ला एक पालिकामा प्रशिक्षण दिईरहेकोमा बाँकेको राप्ती सोनारी गाउँपालिका अन्तर्गतका ९ वटै वडाका युवाहरुलाई सहभागिता गराईएको परिषदका प्रशिक्षक युवराज जोशीले जानकारी दिनुभयो । १६ बर्षदेखि २४ बर्ष उमेर समुहका करिब ३० जाना युवा सहभागी कार्यक्रममा गाउँपालिका अध्यक्ष – उपाध्यक्षको काम कर्तब्य, उहाँहरुको नीति तथा कार्यक्रम, उप प्रमुख तथा उपाध्यक्षले बजेट बक्तब्य प्रस्तुत गर्ने तरिका तथा त्यसमा छलफल कसरी हुन्छ भन्ने विषयमा नमुना चुनाव सहित गरेर देशको शासकिय ब्यवस्थाका बारेमा प्रशिक्षण दिईने जोशीले बताउनुभयो । कार्यक्रको कार्यवीधि अनुसार दुई दिन सम्म देशको शासन ब्यवस्था सम्बन्धि नीति नीयमका बारेमा जानकारी गराउने र दुई दिन प्रयोगात्मक नमुना अभ्यास गराईने तालिका रहेको उहाँले जानकारी दिनुभयो । कार्यक्रमको चौथो दिन कार्यपालिकाका सम्पूर्ण सदस्यहरुलाई सहभागी गराएर प्रशिक्षार्थी युवाहरुलेनै गाउँपालिकाको अध्यक्ष –उपाध्यक्ष बनेर नमुना गाउँसभा अभ्यास गराईने प्रशिक्षक जोशीले बताउनुभयो । यो अभ्यासले आगामी दिनहरुमा युवा जनप्रतिनीधि आएपछि स्थानिय तहको नीति तथा कार्यक्रम र स्थानिय पालिकामा सात चरणमा आउने बजेट र उपयोगिता बारे सहज हुने उहाँले बताउनुभयो । राष्ट्रिय युवा परिसदले देशको ७७ वटै जिल्लामा माघ मसान्त सम्म जिल्ला स्तरिय कार्यक्रम गरिसकेपछि प्रदेश र संघमा पनि युवा नमुना संसदको अभ्यास गराईने प्रशिक्षक जोशीले बताउनुभयो । राप्ती सोनारीमा जारी कार्यक्रममा सहभागी युवाहरुले नौलो अभ्यास गर्न पाएकोमा खुशी ब्यक्त गरेकाछन् । वडास्तरिय वाल क्लवमा बसेर वालअधिकारको सवालमा मात्र आवाज उठाउँदै आएको बताउने राप्ती सोनारी गाउँपालिका – ३ निवासी १७ बर्षिया एलिशा शाहीले यो कार्यक्रममा सहभागी भएर गाउँपालिकको जनप्रतिनीधिले गर्ने काम कर्तब्यबारे छर्लङ्ग भएको बताउनुभयो । यस्तै राप्ती सोनारी २ का कमल खड्का पनि वाल क्लवकै प्रतिनिधित्व गर्दै आएको र पहिलो पटक देशको शासन ब्यवस्थाबारे बुझ्ने अवसर पाएको बताए । उनले भने –‘देशको हरेक तहमा युवा नेतृत्व आउने लहड चलिरहेकोले हामी जस्ता युवाहरुकालागि यो अति आवश्यक कार्यक्रम छ ।

अघिल्लो लेखमाराप्ती सोनारीमा भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवद्र्वन बारे पालिकास्तरीय कार्यक्रम सम्पन्न
अर्को लेखमा५ औं राप्ती सोनारी गाउँपालिका अध्यक्ष कपका लागि तयारी तिब्र

तपाइको बिचार दिनुहोस

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्