काठमाडौं– बाल्यकालमै सफल कलाकार बन्ने उनको ठुलो सपना थियो, तर भौगोलिक विकटता र पारिवारीक अवस्थाले तत्काल सम्भव भएन । गाउँमा हुने विवाह, पुजा तथा साँस्कृतिक कार्यक्रममै आफ्नो प्रतिभालाई उनले सिमित गरिन् । जब एसएलसी दिएर अलि फुर्सदिलो भईन्, त्यसपछि आफ्नो ‘करिअर’ बनाउने सपना बोकेर राजधानी काठमाडौं छिरिन् । करिब ४÷५ वर्षको कठिन यात्रा पश्चात रोल्पाली चेली झरना पुनले आफुलाई सफल कलाकारको रुपमा चिनाउन सफल भएकी छन् ।
‘बाल्यकालको सपना पुरा गर्न धेरै दुःख, कष्ट गरियो, लामो संघर्ष पश्चात कलाकार भएर बाँच्न सक्ने भएकी छु,’ उनी भन्छिन् । कलाकार बन्ने सपना पुरा गर्न झरना २०६९ सालमा घरबाट भागेर काठमाडौं छिरेकी थिईन् । रोल्पामा रहँदा उनले काठमाडौंलाई जसरी सुनेकी थिईन्, त्यहाँ पुगिसकेपछि भने धेरै फरक माहोल देखिन्् । नाँच्ने र गाउने सिप भएपनि कलाकारिता क्षेत्रमा टिक्न उनलाई धेरै कठिन भयो ।
‘काठमाडौं बसेर कलाकारितामा स्थापित हुन कि चिने जानेको मान्छे, कि त आफुसँग टन्न पैसा भएको हुनुपर्दो रहेछ,’ उनले भनिन् ‘कला र गला मात्रै भएर हुदैन, सामान्य ब्यक्तिसँग जति सिप र कला भएपनि उसको मुल्यांकन नहुँदो रहेछ ।’ झरनाले पनि कलाकारितालाई अंगाल्न अरुकै सहयोग लिनुप¥यो । ‘म काठमाडौं आएर त्यसै बसेको थिए, एक जना माधव थापा दाई भेटिनु भयो, उहाँको आफ्नै दोहोरी साँझ रहेछ, मलाई दोहोरी साँझमा नाँच्ने अवसर दिनुभयो,’ उनले अगाडी थपिन्् ‘मैले त्यहाँ आफ्नो नाँच्ने र गाउने कलामा धेरै निखार ल्याए, त्यसपछि बल्ल ब्यवसायिक रुपमा मोडलिङ गर्न र गीत गाउन थालेकी हुँ ।’

दोहोरी साँझमा गीत गाउन थालेपछि उनलाई एल्बम निकाल्ने आँट आयो । थापाले निकालेको एल्बममा उनले पहिलो पटक स्वर दिईन् ।
झरना मोडलिङ र गीत गाउने कलामा अहिले ‘खपिस’ छिन् । अहिलेसम्म एक दर्जन भन्दा बढी गीतमा मोडलिङ गरिसकेको र आफ्नै ५ वटा जति एल्बममा स्वर दिईसकेको उनी बताउँछिन् । ‘अहिलेसम्म तामाङ सेलो, लोकदोहोरी र आधुनिकमा मोडलिङ गरिसकेकी छु,’ झरनाले भनिन् । उनले चर्चित मोडल शंकर बिसी, विजय थापासँग मोडलिङ गर्ने अवसर पाईसकेकी छन् । ‘शंकर दाईसँग लोक दोहोरी गित ‘तोरी फुल्यो पहेंलै’ मा मोडलिङ गरे, विजय थापा दाईसँग ‘वनको चिलाउने’ गीतमा मोडलिङ गरेकी छु,’ झरनाले भनिन् ।
तीजको अवसरमा निकालिएको एल्बम ‘चाईना पुर्याईदेउ….’ मा पनि स्वरसँगै मोडलिङ गरेकी छन् । उनलाई चर्चित गायक तथा मोडल प्रकाश सपुतले साथ दिएका छन् । उक्त गितमा गायक तिलक ओलीको पनि स्वर रहेको छ । कलाकारितामै जिन्दगी बिताउने उनको लक्ष्य छ ।