बाँके (राप्ती सोनरी), भाद्र २४-
मोटरसाईकल दुर्घटना हुँदा बाँकेको राप्ती सोनारी –३ भवनियापुरका युवा खड्क विक्रम श्रेष्ठ (लयन) को मृत्यु भएको छ । शुक्रवार दिउँसो राप्ती सोनारी ९ ढकेरी स्थित झिझरी पुलमा बस र मोटरसाईकल एक आपसमा ठोक्कीदा घाईते भएका अन्दाजी ३६ बर्षिय श्रेष्ठको उपचारका क्रममा मृत्यु भएको हो ।

ट्रफिक प्रहरी शम्शेरगञ्जका इन्चार्ज, प्रहरी नायव निरिक्षक नगेन्द्र शाहीका अनुसार शुक्रबार दिउँसो १ बजेतिर कोहलपुर बाट पुर्व जाँदै गरेको भे १ ख १९२५ नम्बरको बस र अगैया बाट कोहलपुर तर्फ जाँदै गरेको भे ७ प ५४५० नम्बरको मोटरसाईकल एक आपसमा ठोक्किदा श्रेष्ठ र सोही मोटरसाईकलमा पछाडी बसेकी राप्ती सोनारी ५ निवासी २७ बर्षिया सावित्रा थारु घाईते भएका थिए ।

घटना लगत्तै प्रहरीले दुवैजनालाई उपचारकोलागि नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर पठाएको थियो । श्रेष्ठको छाती र टाउकोमा बढी चोट लागेको र उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । थारुको अवस्था केहि सामान्य रहेको र उनको पनि हाल कोहलपुरमै उपचार भईरहेको प्रहरीले जनाएको छ । मृतक श्रेठका दुई छोरा र श्रीमती रहेकाछन् ।