राप्तीसोनारी(बिनौना), जेठ १६-
राप्तीसोनारी गाउँपालिका वडा नम्बर ५ स्थित भुवर भवानी माध्यामिक बिद्यालयको क्वारेन्टाइनमा बसेका २१ जना ब्यक्तिको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ । रिपोर्ट नेगेटिभ आएपछि २१ जनालाई शुक्रबार घर पठाइएको छ । क्वारेन्टाइनमा बसेका २१ जनाको पीसीआर रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई घर फिर्ता पठाइएको वडानम्बर ५ का वडाध्यक्ष झगरु थारुले जानकारी दिनुभयो ।
घर फिर्ता पठाएपनि कोरोना भाइरसबाट बच्ने उपाय अपनाउन आग्रह गरिएको उहाँले बताउनु भयो । कोरोना भाइरसबारे बच्ने उपाय अपनाउँदै यदि स्वास्थ्यमा कुनै समस्या आए खबर गर्न सुझाव दिँदै भुवरभवानी माबि बिनौनामा रहेका वडा नम्बर ४ का ५ जना, वडा नम्बर ३ का १ जना, वडा नम्बर ६ का १ जना र वडा नम्बर ५ का १४ जनालाई घर पठाइएको अध्यक्ष थारुले बताउनु भयो ।