बाँके, (राप्ती सोनारी ) बैशाख २८-
मंगलबार बिहान ललितपुरमा मृत अवस्थामा भेटिएकी भारत्तोलन खेलाडी सन्जु चौधरीको बुधवार गृहनगर बाँकेमा अन्तिम संस्कार गरिएको छ । चौधरीको शव बुधबार विहान उनको घरमा ल्याईएको थियो। भारोत्तोलन खेलाडी सन्जु चौधरीको पार्थिव शरीरमा युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले राष्ट्रिय झण्डा ओढाएर सम्मान ब्यक्त गर्नुभएको थियो । बुधबार विहान बाँकेको राप्तिसोनारीस्थित चौधरीको निवासमा पुगेर मन्त्री अथकले राष्ट्रिय झण्डा ओढाई श्रद्धाञ्जली अर्पण गर्नुभएको हो ।
बाँकेको राप्तीसोनारी ३ बेलासपुरमा रहेको घरमा बुधबार चौधरीको शव अन्तिम श्रद्धाञ्जलीकालागी राखिएको थियो । चौधरीलाई अन्तिम श्रद्धाञ्जली दिन बेलासपुर पुग्नुभएका मन्त्री अथकले राष्ट्रिय झण्डा ओढाएर सम्मान ब्यक्त गर्नुभएको हो ।

श्रद्धाञ्जली सभामा बोल्दै मन्त्री अथकले चौधरीको निधनले नेपाली खेल क्षेत्रमा अपुरणिय क्षती पुगेको बताउनुभयो । चौधरीको निधनले सिंगो खेल क्षेत्रलाई स्तब्ध बनाएको उल्लेख गर्दै मन्त्री अथकले श्रद्धाञ्जली अर्पण गर्नुभएको थियो । सन्जुलाई अन्तिम श्रद्धान्जली दिनका लागि लुम्विनी प्रदेशका वन तथा वातावरण मन्त्री सुरेन्द्र हमाल, प्रदेशसभा सदस्य कृष्णा के सी (नमुना)लगायत उच्च पदस्थका ब्यक्तित्वहरुको उपस्थितिमा रहेको थियो ।

१३ औं दक्षिण एसियाली खेलकुदमा भारोत्तोलन तर्फबाट स्वर्ण पदक बिजेता खेलाडी चौधरी एसियाली खेलकुदको तयारीका क्रममा ललितपुर बस्दै आउनुभएको थियो । प्रशिक्षणकै क्रममा ललितपुरको महालक्ष्मी नगरपालिका ९ लुभुमा बस्दै आएकी २३ वर्षिया चौधरी मंगलबार बिहान ५ः३० बजे मृत अवस्थामा भेटिनुभएको थियो ।
चौधरीको उहाँकै गृहनगरमा बुधबार धार्मिक बिधि अनुसार अन्तिम संस्कार गरीएको पारिवारिक स्रोतले जनाएको छ ।