बाँके, जेठ २३-
बार अनुसार पसल ब्यवसाय खोल्न दिने निर्णय गरेको बाँके प्रशासनले उक्त निर्णय खारेज गरेको छ । शुक्रबार एक सूचना जारी गर्दै प्रशासनले जेठ २१ गतेको निर्णय खारेज गरेको जनाएको हो ।
बजार र पसल ब्यवसाय संचालन गर्दा कोरोना संक्रमणको जोखीम बढ्न सक्ने देखिएकाले उक्त निर्णय खारेज गरीएको प्रशासन कार्यालयले जनाएको छ । जिल्ला प्रशासन कार्यालयले अब अत्यावश्यक र दैनिक उपभोग्य वस्तुका पसल मात्र संकलन गर्न पाउने जनाएको छ । बिहान ११ देखी दिनको ३ बजेसम्म अत्यावश्यक र दैनिक उपभोग्य बस्तुसँग सम्बन्धित पसल मात्र संचालन गर्न प्रशासनले सूचना जारी गरेको छ । प्रशासन कार्यालय बाँकेले अब निशेषाज्ञा (लकडाउन ) मा पुनःकडाई गर्ने जनाएको छ । बिहिवर ब्यावसाय खोल्न दिएर लकडाउन कडाई गरिएपनि बजारमा मानिसहरको चहलपहल निकै नै बढेको थियो ।