सहकारी संस्थाको संकलन केन्द्रमा स्थानियद्वारा तोड फोड

0
215

बाँके, (राप्ती सोनारी) पौष २५-

बाँकेको बैजापुर सामाजिक उद्यमी महिला सहकारी संस्थाको खसी बोका संकलन केन्द्रमा स्थानियले तोडफोड गरिदिएकाछन् । सहकारीको राप्ती सोनारी –३ सिसुवा स्थित खसी बोका संकलन केन्द्रमा राखिएको टेबल कुर्सी स्थानियले सोमबार तोड फोड गर्नुका साथै तारवार भत्काईदिएकाहुन् ।

तत्कालीन बैजापुर गाउँ विकास समितीको कार्यालयले २०७३ सालमा सर्बदलिय सर्बपक्षिय बैठकद्वारा तत्कालिन बैजापुर ५ नारायनपुरमा रहेको ऐलानी जग्गामा संकलन केन्द्र सञ्चालन एवं ब्यवस्थापनको जिम्मेवारी बैजापुर सामाजिक उद्यमी महिला सहकारी संस्थालाई प्रदान गर्ने सर्बसहमतीबाट निर्णय गरेपछि सहकारीले ब्यवस्थापन गरि सञ्चालन गर्दै आएको थियो । संकलन केन्द्रलाई थप ब्यवस्थित बनाई कार्यालय संचालन गर्ने उद्देश्यले सोमबार सिसुवा गाउँका बरघर मंगल थारु, टोल बिकास संस्थाका अध्यक्ष हिम कुमार थारुलाई सहकारीले सोमबार पटक पटक फोन गरेर छलफलमा बोलाउँदा पनि नआएपछि केन्द्र बन्द गरेर निस्किएको केहीबेरमै उहाँहरुकै नेतृत्वमा तोडफोड भएको सहकारी ब्यवस्थापन समितीको आरोप छ ।

तत्कालीन बैजापुर गाउँ विकास समितीले संकलन केन्द्र निर्माणकालागि रु. ५० हजार र हेफर ईन्टरनेश्नलले रु. २ लाख उपलब्ध गराएपछि उक्त जग्गामा माटो पटान गरि तारजाली लगाएर एक कोठे भवन बनाएर संकलन केन्द्र सञ्चालन गर्दै आएको जापुर सामाजिक उद्यमी महिला सहकारी संस्थाकी अध्यक्ष बजारी थारुले जानकारी दिनुभयो । तत्कालिन गाउँ विकास समितीबाट जग्गा प्राप्त गरेपनि सहकारीसँग भवन बनाउने रकम नभएर सानो कोठा मात्र बनाएर संकलन केन्द्रको तराजु, ढक, टेबुल, कुर्सीलगायतका सामाग्री राखेर काम चलाउँदै आएको अध्यक्ष थारुको भनाई छ । स्थानियले सोमबार साँझ तिर संकलन केन्द्रको ताला फुटाएर भित्र रहेका टेबुल कुर्सी बाहीर फ्याँकेको र गेटमा तोडफोड गरि उत्तर तर्फको सबै जाली उप्काएर एक ठाउँमा थुपारेको अवस्थामा आफुले देखेको बताउनुभयो । हाल सहकारीमा राप्ती सोनारीको ३ र ४ नम्बर वडाको ६६३ जना महिला सहकारीमा सेयर सदस्य रहेकाले सबैको पायक पर्ने उक्त स्थानमा ऐलानी जग्गा खाली रहेकाले संकलन केन्द्र संचालनकालागि तल्कालिन बैजापुर गाविसले सहकारीलाई सोही जग्गा दिने निर्णय गरेको अध्यक्ष थारुको भनाई छ । तर सिसुवाका स्थानियले आफ्नो गाउँको क्षेत्रमा पर्ने ऐलानी जग्गा आफैले हडप्ने हिसाबले सहकारीको सामान तोडफोडमा उत्रिएको उहाँको आरोप छ ।

तत्कालिन बैजापुर गाविसको निर्णय

घटना लगत्तै ईलाका प्रहरी कार्यालय धामपुरबाट आएको प्रहरी टोलीले घटना स्थलमा भएको अवस्था बुझेर गईसकेको र मंगलबार छलफलकालागि बोलाएको अध्यक्ष थारुले जानकारी दिनुभयो । सोही संकलन केन्द्रसँग टाँसिएकै ऐलानी जग्गामा केही बर्ष पहिले देखिनै भुवर भवानी कृषि सहकारी संस्थाले पनि भवन बनाएर कार्यालय संचालन गर्दैआएको छ ।

तपाइको बिचार दिनुहोस

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्