बाबा बर्फानी क्षेत्रमा भक्तजनको घुईचो देखेर मन्त्री नमुना दंग

0
69

बाँके (राप्ती सोनारी) फागुन ७-


लुम्बिनी प्रदेश आन्तरीक मामिला कानुन तथा सहकारी मन्त्री कृष्णा केसी (नमुना)ले बाबा बर्फानी परिसरमा निर्माण भईरहेको हेली प्याडको अनुगमन गर्नुभएको छ । महा शिवरात्री पर्वको अवसरमा शनिवार उहाँले बाँकेको राप्ती सोनारी ४ चुरे पहाडमा अवस्थित धार्मिक पर्यटकिय स्थल र निर्माणाधिन हेलीप्याडको अनुगमन गर्नुभएको हो ।

अनुगमनका क्रममा उहाँले हेलीप्याड छिटो निर्माण गरेर बाबा बर्फानी र शन्तानेश्वर मन्दिर क्षेत्रमा विशिष्ट ब्यक्तित्वहरुलाई अवलोकनकालागि ल्याउन आतुर रहेको बताउनुभयो । शिव रात्रीको दिन बाबा बर्फानीको शिव मन्दीरमा स्थानिय तथा भारतबाट आएका हजारौं भक्तजनहरुको घुईचो देखेर दंग पर्दै उहाँले भन्नु भयो, –‘अव हामीले यो क्षेत्रलाई विश्व ब्यापीरुपमा चिनाउन हेलीकप्टर मार्फत देश विदेशका विशिष्ट ब्यक्तित्व हरुलाई स्वागत गर्नुपर्छ ।’

बाँकेको दुर्गम क्षेत्रकमा रहेका बाबा वर्फानी र शन्तानेश्वर मन्दिर क्षेत्रलाई धार्मिक तथा पर्यटकीय स्थलका रुपमा बिकास गरेर आन्तरिक तथा बाह्य पर्यटकहरुलाई सहज रुपमा ल्याउन दुबै क्षेत्रमा तत्काल हेली प्याड र बाटो निर्माणको कामलाई तिब्रता दिनुपर्ने उहाँले जोड दिनुभयो । मन्त्री नमुनाले बाबा बर्फानी परिशरमै भेट हुनुभएका लुम्विनी प्रदेशका पूर्व पर्यटन ग्रामिण तथा शहरी विकास मन्त्री डिल्ली बहादुर चौधरी र राप्ती सोनारी गाउँपालिकाका प्रथम अध्यक्ष लाहुराम थारुसँग पनि बाबा बर्फानीको विकासका बारेमा छलफल गर्नुभएको थियो ।

लुम्विनी प्रदेशको मन्त्री भए पश्चात उहाँले बाबा बर्फानीको दुई पटक अवलोकन गरिसक्नुभएको छ । शिवरात्रीको अवसरमा मन्दिरका पुजारी श्री श्री १००८ केशव गिरी (बर्फानी बाबा)सँग आशिर्वाद लिनुका साथै मन्दिर क्षेत्रको विकासकालागि कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाउनुभयो । मन्दिर परिसर नजिकै धर्मशाला निर्माणको काम पनि सुरुभईसकेको उहाँले जानकारी गराउनुभयो ।

अघिल्लो लेखमासुरु भयो महिला उद्यमीले उत्पादन गरेका वस्तुहरुको प्रदेश स्तरीय प्रदर्शनी
अर्को लेखमानरैनापुरमा निशुल्क आँखा शिविर, दुई दिनमा १४४ जनालाई विन्दु देखियो

तपाइको बिचार दिनुहोस

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्