बाँके प्रदेश सभा–१ (ख)मा एमालेका दुर्गा प्रसाद निर्वाचित

0
74

बाँके, (राप्ती सोनारी ) मंशिर ९-

फोटो -विश्वराज पछलडङ्ग्या


बाँके निर्वाचन क्षेत्र ननम्बर -१ प्रदेससभा (ख) मा नेकपा एमालेका दुर्गाप्रसाद चौधरी (सन्तोष) विजयी हुनुभएको छ । उहाँले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका फूलाराम थारुलाई ७८७ मत अन्तरले पराजित गर्दै विजयी हुनुभएको हो । माओवादी केन्द्र छाडेर एमाले प्रवेश गरेका दुर्गाले १५ हजार ६६७ प्राप्त गर्दा उहाँको निकटतम प्रतिद्वन्द्वी फूलारामले १४ हजार ७८० मत पाएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । प्रदेससभा -१ (क) मा भने माओवादी केन्द्रकी कृष्णा केसी (नमुना) विजयी हुनुभएको छ । दुर्गाको जितसँगै एमालेले बाँकेमा दुई प्रदेससभा सदस्य जितेको छ । प्रदेससभा सदस्यमा निर्वाचित चौधरी राप्ती सोनारी ३ बैसाको स्थायी वासिन्दा हुनुहुन्छ । चौधरी निर्वाचित भएपछि राप्तीसोनारीवासीहरु खुसी ब्यक्त गर्दै सामाजिक सञ्जालमा अत्थ्याधिक बधाई दिईरहेकाछन् । उहाँ माओवादीका पूर्व डेपुटी कमाण्डर हुनुहुन्छ । उहाँ २०७४ सालको प्रतिनीधि तथा प्रदेश सभा निर्वाचनमा बाँके प्रदेससभा -१ (क) मा स्वतन्त्रबाट उम्मेदरी दिएर चुनाव लड्नुभएको थियो ।

अघिल्लो लेखमाआखिर, जीत नमुना कै
अर्को लेखमासामुदायिक रेडियोको भावी नीति निर्माणबारे प्रदेश स्तरिय छलफल

तपाइको बिचार दिनुहोस

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्