बाँके निकुञ्जका प्रमुख र सहायक वार्डेन अख्तियारको नियन्त्रणमा

0
853

बाँके, साउन १९-
बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराई र सहायक संरक्षण अधिकृत विष्णु रोकायालाई स्रोत नखुलेको ३ लाख ४८ हजार रुपैयाँ सहित अख्तियारले पक्राउ गरेको छ । विशेष सुराकीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रदेश कार्यालय बुटवलको टोलीले सोमबार रुपन्देहीको सैनामैनाबाट पक्राउ गरेको हो ।


घुस रकम बोकेर बा २ झ १८७३ नम्बरको गाडीमा आउँदै गरेको विशेष सुराकीको आधारमा उनीहरुलाई रंगेहात पक्राउ गरिएको अख्तियारले जनाएको छ । कार्यालयका सूचना अधिकारी सुरेश भुसालले दुबै जनालाई नगदसहित पक्राउ गरिएको जानकारी दिनुभयो । पक्राउ परेका दुबै जनालाई बुटवलमा राखिएको र आवश्यक अनुसन्धान भइरहेको उहाँले बताउनु भयो । पक्राउ परेका भट्टराई र रोकायाको साथबाट स्रोत नखुलेको विभिन्न बैंकका भौचर पनि फेला परेको अख्तियार स्रोतले जनाएको छ ।

तपाइको बिचार दिनुहोस

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्