बाँकेमा ६ जना कोरोना संक्रमित थपिए, जिल्लामा संक्रमितको संख्या ९९

0
63

बाँके, जेठ ७-

बाँकेको नरैनापुर गाउँपालिकामा ५ र खजुरा गाउँपालिकामा एकजना गरि थप ६ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बुधबारको प्रेस कन्फ्रेन्सले बाँकेमा ६ जनासहित नेपालमा थप २५ जना कोरोना भाइरसको संक्रमित थपिएको पुष्टि गरेको हो । बुधबार देखिएका संक्रमित ३ देखि ४८ वर्ष उमेर समूहका छन् ।

स्वाथ्य तथा जनसंख्या मन्त्रालयका प्रवत्ता डाक्टर विकास देवकोटाले अपरान्ह भिडियो पत्रकार सम्मेलनमा नरैनापुर ५ का २७, २०, २८, ३० र ४० बर्षका साथै खजुरा ५ का २७ बर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि गरेकाहुन् । यो सँगै नरैनापुरमा संक्रमितको संख्या ७३ पुगेको छ । प्रदेश नम्बर ५ मा संक्रमितको संख्या १९६ रहेकोमा बाँकेमा मात्र संक्रमितको संख्या ९९ पुगेको छ । जेष्ठ ५ गते खजुरा बाट लिएको ३ स्याम्पल बाट १ जना र नरैनापुर ५, नमूना प्राबी मोतिपुरबाट संकलन गरिएको ९६ नमूनामा ५ गरि ६ जनामा संक्रमण भेटिएको जिल्ला स्वाथ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिएकाछन् । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ४२७ पुगेको छ । जेष्ठ ५ गते खजुरा बाट लिएको ३ स्याम्पल बाट १ जना र नरैनापुर ५, नमूना प्राबी मोतिपुरबाट संकलन गरिएको ९६ नमूनामा ५ गरि ६ जनामा संक्रमण भेटिएको जिल्ला स्वाथ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिएकाछन् । अहिलेसम्म ३७ जिल्लामा सङ्क्रमित भेटिएका छन्। कोभिड-१९ पुष्टि भएकामध्ये ४५ जना भाइरसमुक्त भएका छन् भने दुई जनाको मृत्यु भएको सरकारी तथ्याङ्क छ।

अघिल्लो लेखमापत्रकार केसीको सक्रियता, बिरामी र कुरुवालाई सहयोग
अर्को लेखमावडाअध्यक्ष बस्नेतको सक्रियता : नाकाबाट ५६ जना नेपालीको उद्वार

तपाइको बिचार दिनुहोस

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्