बाँकेमा दुई चिकित्सक सहित १२ कोरोना संक्रमित थपिए

0
173

बाँके, साउन १८-
बाँकेमा आईतबार दुई जना चिकित्सकसहित १२ जनामा कोरोना सक्रमण पुष्टि भएको छ । भेरी अस्पतालका अनुसार, नेपालगन्ज २०, बाँकेका ३४ बर्षिय एक चिकित्सक र टिकापुर १, कैलालीका ३२ बर्षिय एक अर्का चिकित्सक गरी दुई जना चिकित्सकमा कोरोना पुष्टि भएको हो । त्यसैगरी, जिल्ला अदालत बाँकेबाट संकलन गरिएका स्वाबको नमुना मध्ये नेपालगन्ज ६, ७ र १८ का ४०, ५५ र ४६ बर्षिय एक/एक पुरुष, खजुरा ५ का २२ बर्षिय पुरुष र भेरी नगरपालिका ३ सुर्खेतका उमेर नखुलेका एक पुरुष गरी ५ जनामा कोरोना संक्रमण देखिएको छ । मिलिटरी अस्पताल राझाबाट संकलन गरिएका स्वाब मध्ये, नेपालगन्ज २० का ३३ बर्षिय पुरुष, ३४ बर्षिय पुरुष (चिकित्सक) र गुलरिया ५ बर्दियाका २३ बर्षिय पुरुष गरी ३ जनामा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ । अस्पतालका अनुसार, आर्मी फिए दाङबाट संकलन गरिएको स्वाब मध्ये गोलानगर गाउँपालिका सिन्धुलीका एक ३५ बर्षिय पुरुषमा कोरोना संक्रमण देखिएको छ । खजुरा ६ बाँकेका ३७ बर्षिय पुरुष, टिकापुर १ कैलालीका ३२ बर्षिय पुरुष (चिकित्सक) र टिकापुर १ कै २६ बर्षिय पुरुष समेत गरी १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

समुदायमा कोरोना देखिएपछि बाँके प्रशासनले आईतबारदेखिनै तीन दिन निषेधाज्ञा जारी गरेको छ ।

अघिल्लो लेखमाराप्ती सोनारीलाई बेसको स्वास्थ्य सामाग्री सहयोग
अर्को लेखमाबाँके निकुञ्जका प्रमुख र सहायक वार्डेन अख्तियारको नियन्त्रणमा

तपाइको बिचार दिनुहोस

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्