बाँकेमा जघन्य अपराधका ९ मुद्दामा फरार यादव ११ वर्षपछि पक्राउ

0
87

बाँके, असार ९-


बाँकेमा जघन्य अपराधका ९ मुद्दामा फरार एक जना व्यक्ति ११ वर्षपछि पक्राउ परेका छन् । बाँके प्रहरीको सर्वाधिक खोजीको सूचीमा रहेका बाँके डुडुवा गाउँपालिका ३ बनकट्टीका ३१ बर्षिय धर्मासिंह भनिने राजेशकुमार यादव पक्राउ परेका हुन । मंगलबार बिहान पक्राउ परेका डुडुवा गाउँपालिका ५ का धर्मा सिंह भन्ने राजेश यादवलाई बाँकेका प्रहरी प्रमुख एसपी ओमबहादुर रानाले पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेका हुन् । बाँकेमा एसपी ओमबहादुर रानाले कार्यभार सम्हाले लगत्तै यादव पक्राउ परेका हुन् ।

प्रहरीको मोस्ट वाण्टेड सूचीका यादव बिरुद्ध अपहरण गरी हत्या, करणी गरी हत्या, कर्तब्य ज्यान, ज्यान मार्ने उद्योग, बम विष्फोट, हात हतियारलगायतका नौ मुद्दा छन् । भारतमा लुकिछिपी बसिरहेका यादव घरमा आएको सुचनाका आधारमा प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बांकेका प्रमुख प्रहरी उपरिक्षक ओम बहादुर रानाले बताए । प्रहरीले डुडुवा गांउपालिका स्थित यादवकै घरबाट उनलाई पक्राउ पक्राउ गरेको थियो । तीन वटा बम विष्फोटन र एउटा अपहरण मुद्दामा जिल्ला अदालत बाँकेले ६ महिनादेखि ६ वर्षसम्म कैैद र ५ हजार रुपैयाँदेखि ३० हजार रुपैयाँ जरिवाना गरे पनि यादव फरार थिए । पक्राउ परेका यादवको विस्ताराको सिरानीबाट प्रहरीले तरवार र एक थान चक्कु पनि बरामद गरेको थियो ।

लकडाउनको बेलामा भारतबाट आएर २३ दिनदेखि घरमा लुकेर बसेका थिए । विगतमा सशस्त्र भूमिगत समूह तराई जनतान्त्रिक मुक्ति मोर्चा (ज्वाला सिंह) मा आबद्ध रहेर हत्या, अपहरण, ज्यान मार्ने उद्योग, बम विष्फोट तथा फिरौती रकम माग गर्ने जस्ता अपराधमा संलग्न भएको एसपी रानाले बताए । ४ माघ २०६८ मा साबिक होलिया गाविस २ का बहादुर यादवको कर्तव्य ज्यान मुद्दा, २१ भदौ ०६६ मा छन्दविक्रम मल्ललाई अपहरण गरी हत्या गरेको, २६ जेठ ०६५ मा राजेश यादवको ज्यान मार्ने उद्योग मुद्दा, १७ पुस ०६६ मा हातहतियार खरखजना मुद्दा र १ पुस ०६६ मा राजेशकुमार लोनियालाई अपहरण गर्ने धम्की दिएको मुद्दाका पनि यादव फरार अभियुक्त रहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । यति धेरै अपराधमा संलग्न यादवलाई गरिएको पक्राउलाई बाँके प्रहरीले ठूलो उपलब्धी दाबी गरेको छ ।

अघिल्लो लेखमाबाढीमा फसेका महिलालाई गाउँपालिका अध्यक्ष थारुको नेतृत्वमा उद्धार
अर्को लेखमाबाँकेको सिक्टा नजिकै गाडी दुर्घटना हुँदा एकजनाको मृत्यु

तपाइको बिचार दिनुहोस

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्