बाँके, फागुन १४-
नेपालमा पहिलोपटक बाँके जिल्लाबाट सुरुवात गरिएको कृषिपथ मोवाईल एपको प्रयोगमा ल्याउन प्रयास थालिएको छ । नेपालगञ्जमा शुक्रबार आयोजित विकासकालागि सूचना तथा सञ्चार प्रविधि विषयक कार्यशाला गोष्ठीमा सहभागीहरुलाई कृषिपथ मोवाईल एपको विषयमा जानकारी गराईएको हो । डिजिटल कृषि ज्ञान र अनलाईन बजार प्रणलीको बिस्तार गरी बजार ब्यवस्थापन गर्ने उद्देश्यले कृषक तथा कृषि सहकारीका प्रतिनीधि एवं कृषि ब्यावसायीसँग छलफल गर्नुकासाथै प्रयोगात्मक रुपमा अभ्यास गराईएको थियो । घरेलु तथा साना उद्योग महासँघ बाँकेका अध्यक्ष मधु कुमारी खड्काको अध्यक्षतामा भएको कार्यक्रम उद्घाटन गर्दै नेपालगञ्ज उपमहानगरपालिकाका मेयर डाक्टर धवलशमशेर राणाले कृषि बजारीकरणमा एपले सहयोग पुग्ने हुँदा सहकार्यकालागि बाँकेका सबै स्थानिय तह तयार रहेको बताउनुभयो । स्थानिय तहमार्फत कृषि अनुदानका थुप्रै कार्यक्रम रहेपनि वास्तविक कृषक अनुदानको लाभ लिन नआएको बताउनुभयो । कृषिपथ मोवाईल एपले वास्तविक किसान पहिचानमा समेत सहयोग पुग्नेभएकोले किसानको खेत बारीमा रहेको, बाली नाली, तरकारी तथा फलफूल हेरेर अनुदान दिन सहज हुने बताउनुभयो ।

कार्यक्रममा केयर नेपालका माधव श्रेष्ठले कृषिपथ मोवाईल एपमा भएका सुविधा र यसले कृषक, ब्यावसायी एवं उपभोक्तालाई सिधा सम्पर्कमा ल्याउन मद्दत गर्नसक्नेबारे जानकारी गराउनुभएको थियो । उहाँले हाल नेपालमा ९७.५ प्रतिशत भन्दा बढी मानिस टेली फोन वा मेवाई प्रयोग कर्ता रहेको र ७४.४३ प्रतिशत जनसंख्या ईन्टरनेट सेवाको पहुँचमा रहेकाले यो एप कार्यान्वयनमा ल्याउन कठिनाई नहुने बताउनुभयो । यसैगरी कृषि ज्ञान केन्द्र बाँकेका दिनेश भट्टराईले कृषिपथ मोवाईल एप नयाँ प्रविधि भएको र यसलाई अझ प्रभावकारी बनाउन कृषि उत्पादनको सबै प्रकार बारे बिस्तृत जानकारी थप गर्न सुझाव दिनुभएको थियो । केयर नेपालका केशव भट्टले कृषिपथ मेवाईल एप्सले घरमै बसी बसी कृषक, उपभोक्ता र ब्यावसायीलाई जेड्न सक्ने भन्दै यसले कृषि बाटै देशको अर्थतन्त्रमा सहयोग पुग्ने विश्वास गर्नुभयो । नेपालको आर्थिक सहयोग एवं भेरी वातावरण्यि विशिष्टता समुह बी ग्रुपको साझेदारीमा घरेलु तथा साना उद्योग महासँघ बाँकेले कृषिपथ मोवाईल एप सञ्चालनमा ल्याएको हो ।

कार्यक्रममा स्वागत मन्तब्य ब्यक्त गर्दै सझेदार संस्था बी ग्रुपका महासचिव टेक बहादुर पुनले कृषिपथ मोवाईल एप्स कार्यन्वयनमा ल्याउन कृषक, ब्यावसायी र उपभोक्ताले उत्सुक्ता देखाएमा छिट्टै कार्यान्वयनमा आउने बताउनुभयो । कार्यक्रमको उद्घाटन सत्रलाई सम्बोधन गर्दै घरेलु तथा साना उद्योग महासँघ बाँकेका अध्यक्ष मधु कुमारी खड्काले स्थानिय तह अन्तर्गतका कृषि शाखाले सहज कृषि अनुदानका कुरा गरेपनि वास्तविक किसानले सुविधा पाउन नसकेको गुनासो गर्नुभयो । सहुलियत कर्जा, बिउ विजन् र रासायनिक मल अभाव अझै पनि भोग्नु परिरहेको बताउँदै उहँले गुणस्तरिय बिउ नपाउँदा कतिपय कृषकले घाटा ब्यहोर्नुपरिरहेको उल्लेख गर्नु भयो । कार्यक्रममा बाँकेको नरैनापुर गाउँपालिकाा अध्यक्ष इस्तियाक अहमद शाह, जानकी गाउँपालिका अध्यक्ष राम निवास यादव, नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष सुनिलसिंह हमाल, नौं वटा कृषि सहकारीका अध्यक्ष एवं प्रतिनीधि, दुईवटा कृषक समुहका प्रतिनीधि, कृषि सहकारी सञ्जाल, एग्रोभेट, तरकारी ब्यावसायी, दुग्ध ब्यावसायीगायतको सहभागिता थियो । कृषि एप भित्र मौसम पूर्वानुमान, कृषि प्रविधि ज्ञान, अनलाईन कृषि बजार प्रणली , एग्रोभेट तथा कृषि सामाग्री र बिक्रि मूल्यबारे समेटिएको छ । पुस १ गते लुम्बिनी प्रदेशका भूमि ब्यवस्था तथा कृषि सहकारी मन्त्री आरती पौडेलले कृषि एपको बाँकेमा शुभारम्भ गर्नुभएको थियो ।