बाँके (राप्ती सोनारी),असार ९-
पूर्व पश्चिम राजमार्ग अन्तर्गत बाँकेको राप्ती सोनारी गाउँपालिका- १ गाभर र सिक्टाको बीचमा गाडी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । दुर्घटनामा अर्का एकजना गम्भीर घाईते भएको बताईएको छ । पूर्व बाट पश्चिम तर्फ आउँदैगरेको बा १४ च २७८९ नम्बरको कार मंगलबार दिउँसो एक बजेतिर दुर्घटना हुँदा नवलपरासीको कावास्वती नगरपालिका -८ निवासी क्षितिज राज कुवँरको घटना स्थलमै मृत्यु भएको अस्थायी प्रहरी चौकी अगैयाका प्रहरी सहायक निरिक्षक राजेन्द्र बस्नेतले जानकारी दिए ।
फोटोः बसन्त वलीको फेसबुकबाट
गाडी चालक कमल लम्साल घाईते भएको र उपचारकालागि नेपालगञ्ज मेडिकल क्लेज शिक्षण अस्पताल कोहलपुर पठाएको बस्नेतले बताए । चलकको अवस्था गम्भीर रहेको र उनको ठेगाना नखुलेको बस्नेतले जानकारी दिए । मृतकको शव पोष्टमार्टमकालागि भेरी अस्पताल नेपालगञ्ज पठाईएको बस्नेतले बताए । दुर्घटनाको कारण बारे बताउँदै उनले भने, ‘गाडी रुखमा ठोकिएको अवस्थामा भेटीयो, तिब्र गतिमा गाडी चलाएर अनियन्त्रित भई रुखमा आफै ठोकिएको हुनुपर्छ ।’ गाडीमा दुईजना मात्र सवार रहेको प्रहरीले जनाएको छ ।