बाँकेको राप्तीसोनारीमा पहिलोपटक असाहय वालसंरक्षण केन्द्र स्थापना

0
81

निर्मला चौधरी

बाँके (राप्तीसोनारी), पौष २२-


बाँकेको राप्तीसोनारी गाउँपालिकामा पहिलोपटक असाहय वालसंरक्षण केन्द्र सञ्चालनमा आएको छ । वडा नम्बर ५ बिनौनामा स्थापना गरिएको जय बागेश्वरी असहाय बाल संरक्षण केन्द्रको विहिवार विधिवत रुपमा उदघाटन गरि सञ्चलनमा ल्याईएको हो । संरक्षण केन्द्रको लुम्बिनी प्रदेश सभा सदस्य सांसद कृष्णा के सी नमुना र राप्ती सोनारी गाउँपालिकाका उपाध्यक्ष धनी कुमारी खत्रीले संयुक्तरुपमा उद्घाटन गर्नुभएको हो ।

केन्द्रको उद्घाटन गर्दै प्रमुख अतिथि लुम्बिनी प्रदेश सभा सदस्य सांसद कृष्णा के सी नमुनाले असहाय वालवालिकाहरु शहर बजारमा मात्र नभएर गाउँघरमा पनि अत्याधिक रहेकाले त्यस्ता वालवालिकाको लागि संरक्षण केन्द्र एउटा शहाराको केन्द्र बिन्दु बन्ने विश्वास ब्यक्त गर्नुभयो । कार्यक्रममा विशिष्ट अतिथिी राप्ती सोनारी गाउँपालिकाका उपाध्यक्ष धनी कुमारी खत्री, अतिथी वडा नम्बर ५ का वडा अध्यक्ष झग्रु थारुलगायतले शुभकामना मन्तब्य दिनुभएको थियो । समाजमा रहेका असहाय बालबालिकाहरुलाई संरक्षण गर्ने उदेश्यले वालसंरक्षण केन्द्र स्थापना गरि सञ्चालनमा ल्याईएको संरक्षण केन्द्रका अध्यक्ष तारा ओलीले जानकारी दिनुभयो । राप्ती सोनारि गाउपालिका, नरैनापुर गाउपालिका, तथा राप्तिसोनारि गाउपालिकाको ९ वटै वडाको सहयोग अर्थात सिद्देश्वरि सामुदायिक वन उपभोक्ता समिति, समय भवानि सामुदायिक वन उपभोक्ता समिति , सुनखोला सामुदायिक वन उपभोक्ता समिति कन्नेश्वरि वन उपभोक्ता वन समिति राप्ती सोनारि ५ को आर्थिक सहयोगमा वाल संरक्षण केन्द्र सञ्चालनमा आएको र केन्द्रमा हाल १० जना बालबालिका रहेको अध्यक्ष ओलीले जानकारी दिनुभयो । उद्घाटन कार्यक्रममा विभिन्न सामुदायिक वनका प्रतिनिधि, विद्यालयका प्रतिनिधि र स्वयमसेविकाहरुको उपस्थिती रहेको थियो ।

अघिल्लो लेखमाबैजापुर सामाजिक उद्यमी महिला सहकारीको छैठौं साधारण सभा सम्पन्न
अर्को लेखमाराप्ती सोनारीका सबै वडामा निशुल्क आँखा शिविर

तपाइको बिचार दिनुहोस

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्