बाँकेको प्रसिद्ध बाबा बर्फानी आश्रममा गरियो बृहत सरसफाई

0
104


बाँके (राप्ती सोनारी) जेष्ठ ६-
बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नम्बर ४ मा पर्ने बर्फानी बाबा आश्रम क्षेत्रमा शनिबारदेखि बृहत सरसफाई सुरु गरिएको छ । स्थानिय युवाहरुको सक्रियतामा बर्फानी बाबा आश्रम क्षेत्रमा स्थानिय जन प्रतिनीधि, सुरक्षाकर्मी, युवा, विद्यार्थी लगायतको सहभागितामा सरसफाई ‘महाअभियान’ सुरु गरिएको होे ।

राप्ती सोनारी ६ का वडाअध्यक्ष लबराज खरेलले बर्फानी बाबा परिसरमा छरिएर रहेका काठका ठूला मुडाहरु एक ठाउँमा ब्यवस्थापन गर्दै

सरसफाई ‘महाअभियान’ को पहिलोदिन उत्साह पूर्ण सहभागिताले अभियान सफल भएको अभियानका संयोजक, स्थानिय युवा तथा पत्रकार हेमन्त चौधरीले बताए र्। बर्फानी बाबालाई चिनाउँ, सरसफाई अभियानमा सहभागी बनौं भनेर फेसबुकको एउटा स्टाटसमा लेखेकै भरमा यति धेरै जनप्रतिनीधि, युवाहरु स्वस्फुर्त रुपमा सहभागी आईदिनुभयो ।’ म असाध्यै उत्साहित भएको छु उनले भने र्– मध्यान्ह १२ बजेको टन्टलापुर घाममा पनि चुरे पहाडको टाकुरामा अवस्थित बाबा बर्फानी परिसरमा सरसफाई गर्नुहुने सबैलाई आभार प्रकट गर्दछु ।’ सरसफाई ‘महाअभियान’ को सुरुवाती चरणमा यति ठूलो संख्यामा सहभागीताले राप्ती सोनारीका युवाहरुले आफ्नो गाउँठाउँको धार्मिक पर्यटकिय स्थललाई विश्वसामु चिनाउन अरु कसैले केही गरिदेला भनेर अव कसैको मुख ताकेर बस्नु भन्दा आफै लागी पर्छन् भन्ने गतिलो सन्देश दिएको अभियानका संयोजक चौधरीले बताए ।


पछिल्लो समय बर्फानी बाबा आश्रममा भारत र नेपालका विभिन्न ठाउँबाट श्रदालुहरु पुग्ने गरेका छन् । आश्रम क्षेत्रमा सौचलयको ब्यवस्था नहुँदा दुर्गन्ध फैलिनुका साथै प्लास्टिकको बोत्तल, गिलास, प्लेट जथाभावी फालेर फोहर जम्मा भएको थियो । ती फोहर बटुलेर बिसर्जन गर्न पुगेका राप्ती सोनारी ४ का वडा अध्यक्ष मिन राज खड्का, वडा नम्बर ६ का वडा अध्यक्ष लबराज खरेल, वडा नम्बर २ का वडा अध्यक्ष ज्ञानेन्द्र राज ओलीले सरसफाई अभियानलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका दिए । बाबा बर्फानीको आश्रम धेरै सम्भावना बोकेको थार्मिक पर्यटकिय स्थल रहेकाले पर्यटकको संख्या बृद्धिकालागि सर्वप्रथम यस क्षेत्रलाई सँधैं सफासुघर राख्न आफुहरु प्रतिबद्ध रहेको वडाअध्यक्षहरुले बताएका थिए । आफ्नो गाउँ ठाउँको पर्यटकिय थार्मिक स्थललाई विश्व सामु चिनाउनका लागि युवाहरु स्वस्फूर्त रुमा निरन्तर लाग्न वडाअध्यक्षहरुले आग्रह गरे ।


सोही अभियानमा सहभागी राप्ती सोनारी गाउँपालिकाका प्रथम अध्यक्ष लाहुराम थारुले बर्फानी आश्रममा धार्मीक पर्यटकको संख्या बृद्धि तथा पर्यटन प्रवद्र्धनका लागि आफ्नो कार्यकालमा वर्फानी आश्रम परिसरमा शिव मन्दिर निर्माण गरेको बताउनुभयो । अश्रम परिसरमा सरसफाईमा सहभागी सबैलाई उहाँले धन्यबाद दिए ।


सरसफाई कार्यक्रममा स्थानिय जनप्रतिनीधि, ईलाका प्रहरी कार्यालय धामपुर, ईलाका प्रहरी कार्यालय नरैनापुरका प्रहरी टोलीसँगै सयौं संख्यामा उपस्थित युवाहरुले आश्रम क्षेत्रमा रहेका सबै फोहर बटुलेर बिसर्जन गरेका थिए । कार्यक्रममा सहभागीहरुले हातमा राष्ट्रिय झण्डासँगै, कुटो कोदालो, फरुवा, बोल्चा लगायतका सरसफाईमा प्रयोग हुने सामाग्री लिएर उपस्थित भएका थिए । सरसफाई पश्चात आश्रम परिसरमा रहेको शिव मन्दिरका अगाडि विशाल राष्ट्रिय झण्डा फहराएर अग्लो स्थानमा टाँगिएको अभियानका संयोजक हेमन्त चौधरीले जानकारी दिनुभयो । उनले यो अभियानलाई अव प्रत्येक शनिबार निरन्तरता दिने बताए ।

default
अघिल्लो लेखमाकरिब पाँच किलो अवैध सुनका गहनासहित नेपालगञ्जबाट दुई जना पक्राउ

तपाइको बिचार दिनुहोस

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्