बाँकेको नरैनापुरमा ३६५ जनालाई मोती विन्दुको समस्या, सबैको निशुल्क अप्रेशन

0
7

बाँके (नरैनापुर) फागुन १९-
बाँकेको नरैनापुर गाउँपालिकामा सञ्चालन गरिएको निशुल्क आँखा शिविरमा एक हजार बढीले आँखा जाँच गराएकाछन् । नरैनापुर गाउँपालिकाको समन्वय तथा तेज कोहली रुइत फाउण्डेशन काठमाण्डौको आर्थिक सहयोगमा फत्तेवाल आँखा अस्पताल फुल्टेक्रा नेपालगञ्जले यहि फागुन १४ गतेदेखि सञ्चालन गरेको शिविरमा एक हजार ८३ जनाले आँखा जाँच गराएकाहुन् ।

ती मध्य ३ सय ६५ जनालाई मोती विन्दुको समस्या देखिएको र निशुल्क अप्रेशनकालागि फत्तेवाल आँखा अस्पताल नेपालगञ्ज रिफर गरिएको शिविरमा खटिनुभएका डाक्टर छन्दुलाल थारुले जानकारी दिनुभयो । नरैनापुरको ६ वटै वडामा सञ्चालन गरिएको निशुल्क शिवरमा ४५ बर्ष भन्दा माथि उमेर समुहका स्थानियहरु आँखा परिक्षण गराएर लाभ लिएका थिए । शिविर शुक्रबार सम्पन्न भएको छ ।

डाक्टर छन्दुलाल थारुका अनुसार ४५ वर्ष पुगेका मानिसहरुमा आँखा धमिलो हुँदै जान्छ र बेलैमा उपचार नगरे जलविन्दु भएर पछि आँखा नदेख्ने समस्या समेत हुन सक्छ । फत्तेवाल आँखा अस्पतालले यसअघि बाँकेको राप्ती सोनारी गाउँपालिकाको सबै वडामा निशुल्क आँखा शिविर सञ्चालन गरेको थियो ।

अघिल्लो लेखमाराप्तीसोनारीमा ४७ हजार बढीले सेवन गरे हात्तीपाईले विरुद्धको औषधी
अर्को लेखमाराप्ती सोनारीमा पनि मनाईयो अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस

तपाइको बिचार दिनुहोस

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्