बाँकेको एउटै पालिकामा कोरोना संक्रमितको संख्या ५६

0
61

बाँके, जेठ ५-

बाँकेमा ४७ जना कोरोना संक्रमित थपिएका छन् । सोमबार थपिएका सहित बाँकेमा संक्रमितको संख्या ८१ पुगेको छ । बााँकेमा यसअघिनै ३४ जना संक्रमित देखिएकोमा एकजनाको मृत्यु भईसकेको छ । एकैसाथ धेरै संख्यामा कोराना संक्रमित भेटिएपछि बाँकेको पूर्वी क्षेत्र नरैनापुर गाउँपालिका कोरोनाको उच्च जोखिम बनेको छ । कोरोनाबाट मृत्यु भएका युवक पनि सोही पालिकाका हुन् । त्यसअघिनै उक्त पालिकामा ८ जनाका कोरोना देखिसकिएकोमा आज एक महिला सहित ४७ जना सँगै नरैनापुर गाउँपालिकामा संक्रमितको संख्या ५६ जना पुगेको हो ।

सोमबार थपिएका संक्रमितको दुई दिन अघि शनिबार स्वाव लिईएको थियो । नरैनापुरको वार्ड नम्बर २ को आदर्श मावि लक्षमणबाट ८७, वडा नम्बर ५ को दिपेन्द्र प्रावि भोजभगवानपुर बाट ३९ मध्य एकजना मृत्यु , वडा नम्बर ५ कै नेरा प्रावि हुलासपुरबाट ७२ र वडा नम्बर ६ जय किसान मावि भगवानपुरबाट ३५ जनाको स्वाव लिईएको स्वाथ्य कार्यालय बाँकेले वजनाएको छ । यी बाहेक ११ जनाको आईतबार स्वाव लिईएको बताईएको छ । ८ जना संक्रमित मध्यमा दुईजना घर र ससुराली गएको पाईएपछि उनीहरुको आफन्तीको स्वाव पनि लिईएको बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए । नेपालगन्ज स्थित भेरी अस्पतालको प्रयोगशालामा १९२ जनाको परीक्षण गर्दा ४७ जनाको रिपोर्ट पोजेटिभ आएको फोकल पर्सन श्रेष्ठले बताए । आईतबार सम्म स्वाव संकलन गरिएका मध्य ८१ जनाको रिपोर्ट आउन बाँकी रहेको उनले बताए । पछिल्लो दिनमा भारतबाट यो पालिकामा धेरैजना भित्रिएको बताईएको छ । भारतको महाराष्टमा पुगेका धेरैजना नेपालीहरु धमाधम घर फर्किएपछि नरैनापुरमा कोरोनाको उच्च जोमि बनेको सम्बद्धहरुको भनाई छ । उक्त पालिकामा भारतबाट फर्किने क्रम नरोकिएको स्थानिय जनप्रतिनीधिले बताएकाछन् । भारतबाट आउने मानिसहरुको संख्या बढ्दै गएकाले उक्त पालिकाले क्वारेन्टिको संख्य पनि थपेको बताईएको छ । अहिले त्यहाँ १३ वटा क्वारिन्टिन रहेका छन् भने क्वारिन्टिनमा ७७९ जना बसिरहेको नरैनापुर गाउँपालिका अध्यक्ष ईस्तियाक अहमद शाहले बताए ।

अघिल्लो लेखमाक्वारेन्टाईनमा बस्दै आएका एक जनाको निधन
अर्को लेखमाएकैदिन ८० जनामा कोरोना, नरैनापुरमा ५९ जना संक्रमण पुष्टि

तपाइको बिचार दिनुहोस

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्