प्रस्तावित प्रदेश राजधानीमा बाँकेको स्वागत

0
211


बाँके, असोज १९-
प्रदेश पाँच सरकारले दाङको भालुवाङलाई स्थायी राजधानी बनाउने प्रस्ताव प्रदेश सभामा प्रस्ताव पेश गरेपछि बाँकेका राजनीतिक तथा नागरिक अगुवाले स्वागत गरेका छन् । सरकारले प्रदेश पाँचको अस्थायी राजधानी रुपन्देहीको बुटवललाई घोषणा गरेपछि बाँके र बर्दियाबासीले यसअघि असन्तुष्टी जनाउँदै आएका थिए । प्रदेश राजधानीका हिसाबले बुटवल पायक नपर्ने भन्दै बरु बाँके र बर्दिया जिल्लालाई कर्णाली प्रदेशमा गाभ्नुपर्ने माग यहाँ जोडदार रुपले उठेको थियो । प्रदेश पाँच सरकारले शुक्रबार दाङको भालुवालाई केन्द्रमा राखेर स्थायी राजधानी बनाउने निर्णयसँगै प्रदेश सभामा प्रस्ताव पेश गरेपछि बाँकेबासीले स्वागत गरेका हुन् ।

राजधानी आन्दोलनको अगुवाई गरेका राप्रपाका महामन्त्री एवम् नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख डा. धवलसम्शेर राणाले बाँके र बर्दियालाई कर्णालीमा गाँभ्दा उत्तम हुने भएपनि प्रदेश पाँच सभाले दाङको भालुवाङलाई राजधानी घोषणा गरेपनि पायक नै पर्ने बताउनु भयो । यस्तै बाँके क्षेत्र नम्बर २ का प्रतिनिधी सभा सांसद एवम् जनता समाजवादी पार्टीका नेता मोहम्मद ईस्तियाक राई, नेपाली कांग्रेस बाँकेका सभापति किरण कोइराला, नेपाल कम्युनिष्ट पार्टी(नेकपा) बाँकेका सचिव अशोक कोइराला र विकासका लागि नागरिक सरोकार समिति नेपालगन्जका संयोजक कृष्णप्रसाद श्रेष्ठले बुटवलभन्दा भालुवाङ सबैका लागि उपयुक्त रहेको प्रतिक्रिया दिन

तपाइको बिचार दिनुहोस

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्