प्रदेश पाँचका भौतिक पुर्वाधार मन्त्री चौधरीलाई स्वागत

0
215

राप्तीसोनारी-प्रदेश पाँचका भौतिक पुर्वाधार तथा यातायात मन्त्री बैजनाथ चौधरीलाई राप्तीसोनारीमा स्वागत गरिएको छ । बाँके भ्रमणमा आईपुगेका मन्त्री चौधरीलाई राप्तीसोनारी गाउँपालिका वडा नम्बर १ खासकुश्मा र अगैयास्थित गाउँपालिका कार्यालयमा स्वागत गरिएको हो ।

सो क्रममा प्रदेश पाँचका सांसद कृष्णा केसी ‘नमुना’, गाउँपालिका अध्यक्ष लाहुराम थारु, पुर्व सांसद पट्टु थारु, वडाध्यक्ष, वडासदस्य, गाउँपालिकाका कर्मचारी, सर्बसाधारण लगायतले फुलमाला तथा गम्छाले स्वागत गरेका थिए । सो क्रममा प्रदेश मन्त्री समक्ष राप्तीसोनारीको समग्र भौतिक पुर्वाधार निर्माणको काममा आवश्यक बजेट तथा योजना प्रदान गर्न माग गरेका थिए ।

प्रदेश सांसद केसीका अनुसार दुई दिने भ्रमणमा आएका मन्त्री चौधरीले राप्ती सोनारी र नरैनापुर गाउँपालिकामा पुगेर सडक, सिचाइँ, पुल, खानेपानी, भवन लगायतको अवस्थाबारे स्थलगत अवलोकन गर्र्नेछन् ।

तपाइको बिचार दिनुहोस

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्