पूर्व विद्यार्थीद्वारा कुसुमेश्वर माविमा छात्र वृति कोष स्थापना

0
587

बाँके (राप्ती सोनारी ),असोज २७-
बाँकेको राप्ती सोनारी १ कुसुम स्थित कुसुमेश्वर माध्यामिक विद्यालयमा अध्ययनगरेका पूर्व विद्यार्थीहरुले विपन्न तथा जेहेन्दार विद्यार्थीकोलागि छात्र वृति कोष स्थापना गरेकाछन् । साविकको खास कुस्मा २ कुसुम स्थित कुसुमेश्वर माध्यामिक विद्यालयमा अध्ययनगरेका पूर्व विद्यार्थीहरुले रु. एक लाख को छात्र वृति कोष स्थापना गरेका हुन् । उक्त विद्यालयमा अध्ययन गरेर हाल देश विदेशमा कर्मथलो बनाएका १० जना पूर्व विद्यार्थीहरुले विपन्न तथा जेहेन्दार विद्यार्थीलाई थोरै भएपनि सहयोग पुगोस भन्ने उद्देश्यले कोष स्थापना गरेको बताएका छन् । हाल पोर्चुगलमा रहेका उक्त विद्यालयका पूर्व विद्यार्थी गोपी चौधरीले कतिपय वालवालिकाहरु आर्थिक अभावकै कारणले विद्यालय जान नसक्ने र बिचमै पाढाई छोड्ने अवस्था कायमै रहकाले आफूले अध्ययन गरेको विद्यालयमा थोरै रकम सहयोग गर्न पाउँदा खुसी लागेको बताउनु भयो । आफूसँगै पढेका साथिहरुसँग छात्र बृति कोष स्थापना गर्ने बारे फोन र म्यासेज बाट छलफल गर्दा १० जना साथिहरुविच सकेजति रकम जम्मा गर्ने सहमती भएपछि सबैसाथिले रकम जम्मा गरेर विद्यालयलाई हस्तान्तरण गरिएको बताउनु भयो । पूर्व विद्यार्थी शिला ढकाल सिजापती, मिना चौधरी, ईश्वरी देवकोटालगायतले विद्यालयका प्रधान अध्यापक रुपेन्द्र बस्नेत तथा विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष मिना कुमारी खत्रीलाई मंगलबार एक कार्यक्रमबीच संयुक्त रुपमा हस्तान्तरण गर्नु भएको हो ।

रकम ग्रहण गरे लगत्तै विद्यालय ब्यवस्थापन समितिबीच बैठक बसेर छात्र बृति कोष खडा गर्ने निर्णय गरिसकेको अध्यापक बस्नेतले जानकारी दिनुभयो । कोष सञ्चालन गर्ने विषयमा उहाँले कक्षा ५ का विपन्न र जेहेन्दार दुईजना छात्र छात्रालाई कोषको ब्याजबाट आउने रकम छात्रबृति प्रदान गरिने बताउनुभयो । उहााले भन्नु भयो, ‘त्यस पछि कक्षा आठमा त्यहि छात्र छात्रा मध्य जसले राम्रो अंक ल्याएर उतिर्ण गर्छ उसलाई कक्षा १२ सम्म निरन्तर छात्र बृति प्रदान गरिने छ ।’ छात्र वृति कोषकालागि सहयोग गर्ने पूर्व विद्यार्थीहरुको नाम ठेगाना सहित शिलालेख विद्यालयमा टाँसिने जानकारी दिँदै प्रधान अध्यापक बस्नेतले शिलालेख पनि लेख्न लगाईसकिएको बताउनुभयो । अहिले कोषकोलागि एक लाख हस्तान्तरण गरिएपनि आगामी तीन बर्ष सम्म प्रत्येक बर्ष थप एक एक लाख जम्मा गरेर तिन लाख पु¥याउने लक्ष रहेको पूर्व विद्यार्थी शिला ढकाल सिजापतीले बताउनुभयो । छात्र बृति कोषकालागि रकम जम्मा गर्नेहरुमा गोपी चौधरी साविकको खास कुस्मा –२ कुसुम बाँके, हाल पोर्चुगल, उदय राज खड्का, खास कुस्मा –२ कुसुम बाँके, केशव केसी खास कुस्मा –२ कुसुम बाँके, हाल काठमाण्डौ बु.न.पा –१० कपन, शिला ढकाल सिजापती, खास कुस्मा –२ कुसुम बाँके, हाल नेपालगञ्ज उ.म.न –४, मिना चौधरी खास कुस्मा २ कुसुम बाँके, हाल नेपालगञ्ज उ.म.न– १८ ,दूर्गा बहादुर बस्नेत, खास कुस्मा –२ कुसुम बाँके, हाल अमेरिका, ईश्वरी देवकोटा, खास कुस्मा– २ कुसुम बाँके, धन जीत ओली, खास कुस्मा –२ कुसुम बाँके, हाल नेपालगञ्ज उ.म.न –१२, नरवदा सिंह ठकुरी खास कुस्मा –२ कुसुम बाँके, हाल गो.न.पा –६ काठमाण्डौ जोरपाटी ,नरायाण खड्का खास कुस्मा २ कुसुम बाँके, हाल हाल नेपालगञ्ज उ.म.न –४ मा बस्दै आउनुभएको छ ।

अघिल्लो लेखमानेपालगञ्ज विमानस्थल विस्तारको काम पुनः शुरु
अर्को लेखमागौरी सामुदायिक वनको अध्यक्षमा पुन

तपाइको बिचार दिनुहोस

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्