बाँके (राप्ती सोनारी) साउन ८–
लक्ष्मी चौधरी (श्रेष्ठ)
नेकपा एमाले राप्ती सोनारी –३ नम्बर वडा कमिटीले आज बैसा पिक्नीक पार्कमा सरसफाई कार्यक्रम गरेको छ । नेकपा एमालेका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको स्मृती दिवसको अवसरमा वडा कमिटीले पार्कमा सरसफाई गरेको हो । कुनैपनि राजनैतिक दलहरु निर्वाचनको समयमा समुदायमा गएर भोट माग्ने गतिविधि गर्ने, तर निर्वाचनपछि फर्किएर मुख नदेखाउने प्रचलन रहेको महसुस गर्दै केही नयाँ कामको सुरुवात स्वरुप दिवसको अवसरमा पार्टीको तर्फबाट सरसफाई कार्यक्रम राखिएको राप्ती सोनारी –३ का वडा अध्यक्ष समेत रहनुभएका नेकपा एमाले वडा कमिटीका अध्यक्ष मिन कुमार थारुले बताउनुभयो ।

कार्यक्रममा नेकपा एमाले बाँके जिल्ला कमिटीका सदस्य तथा राप्तीसोनारी ईन्चार्ज तुलसी थारु, राप्ती सोनारी गाउँपालिका कमिटी सदस्य, वडा कमिटी सदस्यलगायत करिव एकसय बढीको सहभागिता रहेको थियो । सरसफाईमा सहभागीहरुले पार्क भित्र पलाएका झाडी सरसफाई गर्नुकासाथै यत्रतत्र छरिएर रहेका प्लास्टिक जन्य फोहर जम्मा गरेर विसर्जन गरेका थिए ।
