“पिसिआर” किट उपलब्ध गराउन काङ्ग्रेस बाकेको माग

0
155

बाके, बैशाख २४-
कोरोना परिक्षणका पिसिआर कीट उपलब्ध गराउन काङ्ग्रेस बाकेले माग गरेको छ । कोरोना परिक्षणको लागि राज्यबाट उपलब्ध गराइनुपर्ने आवश्यक पिसिआर किट पर्याप्त नभएको भन्दै बाके काङ्ग्रेसले ध्यानाकर्षण भएको जनाएको हो । तत्काल नेपाली काङ्ग्रेस बाकेका सभापति किरण कोइरालाले बुधबार एक अपिल जारी गर्दै ध्यानाकर्षण भएको जनाउनु भएको हो ।

“हजारौंको संख्यामा आवश्यकता परेको किट यस जिल्लाका माननीय सांसदहरुको अनुरोधले स्वास्थ्य मन्त्रालयबाट जम्मा २ सय ५० थान कीट मात्र उपलब्ध भएको भन्ने जानकारी आएकोमा यो संख्याको किट्ले पुर्ण परिक्षण हुन नसक्ने भएकोले यस जिल्लाको लागि आवश्यक कीट प्रयाप्त मात्रामा उपलब्ध गराइ जिल्लाको परिक्षण कार्यलाइ फराकिलो पारिदिनु हुन प्रदेश सरकार,संघिय सरकार तथा संबन्धित निकाय संग नेपाली कांग्रेस बाँके हार्दिक अपिल गर्दछ ।” जिल्लाबासी आमनागरिकले यो महामारीबाट बच्नको लागि आ-आफ्नो घरमा सुरक्षीत भयर बसिदिनुहुन अनुरोध काङ्ग्रेस सभापति कोइरालाले अनुरोध गर्नु भएको छ ।

संयमता अपनाइ लकडाउनको पुर्ण पालन गर्न सबैलाई काङ्ग्रेसले आग्रह गरेको छ । “कोरोनाको संक्रमणबाट नेपाल र नेपालीको रक्षा गर्ने यो घडिमा सबै खाले विमति र आग्रहबाट माथी उठेर नेपाली कांग्रेसले नेपाल सरकारलाई हरसम्भव सघाउदै आइरहेको छ, यति बेला राज्यको मुख्य दायित्व भनेको कोरोना र भोकमरिबाट नेपाली नागरिकलाइ जोगाउनु हो,” अपिलमा भनिएको छ “कोरोना भाइरस संक्रमणबाट नेपाल देश त अछुतो रहेन रहेन, बाँके जिल्लाको नेपालगन्ज उपमहानगरपालिका समेत बाँकि रहन सकेन ।”

तपाइको बिचार दिनुहोस

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्