पार्टीका संघीय सांसदलाई ओली र प्रचण्डको ब्रिफिङ

0
95

काठमाडौं, बैशाख १०-
प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्ना पार्टीका संघीय सांसदहरूलाई बुधबार दिउँसो ब्रिफिङ गरेका छन् । दुई अध्यक्षले प्रदेश/प्रदेशका सांसदलाई फरक/फरक समयमा बोलाएर विकसित पछिल्लो राजनीतिक घटनाक्रमबारे ब्रिफिङ गर्नु भएको हो ।

सुदूरपश्चिम प्रदेशका सांसदहरूसँगको छलफल सकिएको र प्रदेश १ का सांसदहरूसँग छलफल भइरहेको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो । ओली प्रचण्डको ब्रिफिङ दिनभरि चल्नेछ । दुई दिनअघि सरकारले अकस्मात पार्टी विभाजनको व्यवस्था खुकुलो बनाउँदै अध्यादेश ल्याएपछि नेकपाभित्र राजनीतिक तरंग आएको थियो ।

अघिल्लो लेखमा‘बैंक ऋण र करमा छुट तथा मिनाहा गरियोस्’ : कांग्रेस क्षेत्र नम्बर १ बाँके
अर्को लेखमाजानकी गाउँपालिकामा एकद्वार प्रणालीबाट राहत वितरण

तपाइको बिचार दिनुहोस

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्