पशु पालक कृषकलाई वडाले दियो घाँसको बिउ

0
122


बाँके,(राप्ती सोनारी) कार्तिक २३-


बाँकेको राप्ती सोनारी गाउँ पालिका ६ नम्बर वडाका कृषकहरुलाई बुधबार बर्सिम घाँसको बिउ बितरण गरिएको छ । राप्ती सोनारी ६ नम्बर वडा कार्यालयले दुई हजार एक सय पशुको लागि कृषकलाई निशुल्क घाँसको बिउ बितरण गरेको हो । पशु संख्या हेरेर एक जना कृषकलाई एक देखि पाँच केजी सम्म बर्सिम घाँसको बिउ बितरण गरिएको वडा कार्यालयले जनाएको छ ।

दुई हजार एक सय पशु लाई पुग्नेगरी १ देखि ५ केजि सम्म पशुको सङ्ख्या हेरेर बिउ बितरण गरिएको ६ नम्बर वडाका वडा अध्यक्ष लबराज खरेलले जानकारी दिनुभयो । पशुपालक कृषकको सङ्ख्या बढाउने र कृषकलाई प्रोत्साहन स्वरुप एक हजार पाँच सय घरधुरीलाई १० कुईन्टल ८० केजी बिउ बितरण गर्ने लक्ष रहेको अध्यक्ष खरेलले जानकारी दिनुभयो । राप्ती सोनारीको ६ नम्बर वडामा हाल ९० प्रतिशत बाख्रा पालक कृषक र साढे २२ प्रतिशत गाई, गोरु र भैंसी पालक कृषक रहेकाले पशुपालक कृषक लक्षित कार्यक्रम अन्तर्गत यो कार्यक्रम लयाईएको उहाँले बताउनुभयो । बर्सिम घाँस पशुको लागि पौष्टिक आहार मानिन्छ । अहिले रोपेको घाँसले पशुलाई पछि सम्म राहत मिल्ने कृषकहरूले बताएका छन् ।

अघिल्लो लेखमाबैजापुर सामाजिक उद्यमी महिला सहकारीको कारोवार १३ करोड बढी
अर्को लेखमामङ्सिर २९ गते नेपालगञ्जमा नेपथ्य लाइभ कन्सर्ट, टिकट विक्री सुरु

तपाइको बिचार दिनुहोस

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्