पर्यटन मन्त्री भट्टराई नेपालगन्जको वाटरपार्कमा

0
168

नेपालगन्ज- सँस्कृति,पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईले शनिबार नेपालगन्जस्थित वाटरपार्कको स्थलगत निरीक्षण गर्नुभएको छ । मन्त्री भट्टराईले वाटरपार्कको निर्माण कार्यबारे जानकारी लिदैं ताललाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न सकिने बताउनुभयो । उहाँले नेपालको तराई क्षेत्रमा रहेका ताल र पोखरीको संरक्षण गर्न सकेमा तापक्रम समेत सन्तुलन हुनेमा जोड दिनुभयो ।

मन्त्री भट्टराईले मन्त्रालयका तर्फबाट आवश्यक सहयोग हुने आश्वासन दिनुभएको नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष प्रमोद रिजालले जानकारी दिनुभयो । मन्त्री भट्टराईलाई नेपालगन्जका मेयर डा. धवलशम्शेर राणा, वडा अध्यक्ष रिजालले वाटरपार्क निर्माण अवस्थाबारे जानकारी दिदै पर्यटकीय क्षेत्र बनाउन लागिएकाले मन्त्रालयबाट सहयोगको माग गर्नुभयो ।

अघिल्लो लेखमा‘सरकार समृद्धिको दिशामा अघि बढ्यो’ : मन्त्री भट्टराई
अर्को लेखमानरैनापुरको शैक्षिक सुधारमा जोड

तपाइको बिचार दिनुहोस

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्