परिवर्तन सामाजिक उद्यमी महिला सहकारीको साधारण सभा सम्पन्न

0
471

राप्तीसोनारी(फत्तेपुर)-राप्तीसोनारी गाउँपालिका वडा नम्बर ७ मा रहेको परिवर्तन सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेडले शनिबार आठौं बार्षिक साधारण सभा सम्पन्न गरेको छ ।

राप्तीसोनारी गाउँपालिका अध्यक्ष लाहुराम थारुको प्रमुख आथित्य तथा उपाध्यक्ष धनीकुमारी खत्रीको विशिष्ट आतिथ्यमा सम्पन्न साधारण सभामा वडा नम्बर ७ का वडाध्यक्ष रामलखन थारु लगायत अतिथी, संस्थाका पदाधिकारी लगायतको सहभागिता रहेको थियो । संस्थाकी अध्यक्ष सुनिता खान ठकुरीको सभापतित्वमा सम्पन्न भएको साधारण सभाले आफ्नो बार्षिक आय/ब्यय पनि प्रस्तुत गरेको थियो ।

साधारण सभालाई सम्बोधन गर्दै प्रमुख अतिथी थारुले सहकारीले धेरैको अवस्था सुधार गरेको बताउनु भयो । उपाध्यक्ष खत्रीले सहकारीको विकासले गाउँ गाउँमा रोजगारीको वातावरण सिर्जना गरेको बताउनु भयो । उक्त साधारण सभाको रेडियो भूवर भवानीले प्रत्यक्ष प्रशारण समेत गरेको थियो । संस्थाकी अध्यक्ष सुनिता खान ठकुरीको सभापतित्वमा उक्त साधारण सभा सम्पन्न भएको थियो ।

अघिल्लो लेखमाकोहलपुरको उपनिर्वाचनमा ८० प्रतिशत मत खस्यो
अर्को लेखमाकोहलपुर ६ मा नेकपा निर्वाचित, कोहलपुरमा विजयी जुलुस

तपाइको बिचार दिनुहोस

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्