राप्ती सोनारी (अगैया), चैत १८ –
राप्ती सोनारी गाउँपालिका वडा नम्बर २ अगैयामा रहेको नेपाल रास्टृय माध्यमिक बिद्यालयको १४ कोठे छात्राबास भवन आज उदघाटन गरिएको छ । कार्यक्रमका प्रमुख अतिथी एवम राप्ती सोनारी गाउँपालिका अध्यक्ष लाहुराम थारुले एक कार्यक्रमका बिच रिवन काटेर उदघाटन गर्नु भएको हो ।

राप्ती सोनारी गाउँपालिकाको आर्थिक तथा प्राविधिक सहयोगमा उक्त भवन निर्माण गरिएको थियोे । छात्राबास भवन निर्माण भएपछि बिद्यालयको शैक्षिक गुणस्तर माथी उठाउन थप टेवा पुग्ने प्रमुख अतिथि थारुले बिश्वास ब्यक्त गर्नु भयो । गाउँपालिकाले शिक्षामा धेरै लगानी गरेको र धेरैलाई रोजगारी सिर्जना गरेको बताउनु भयो । समय अवधी छोटो भएको हुदा जति गर्नुपर्ने हो त्यो गर्न नसकेपनि शिक्षामा लगानी गरेर सुरुवात गरिदिएको बताउनु भयो । सो क्रममा राप्ती सोनारीका शिक्षा शाखा प्रमुख जीवन न्यौपाने, बिद्यालय ब्यवस्थापन समितिका सदस्य शंकर महतरा, बिद्यालय व्यवस्थापन समितिका पुर्बअध्यक्ष तिर्थ बहादुर डागी, चन्दादाता सतिदेव शाह, लगायतले बोल्नु भएको थियो । शिक्षक हिमलाल थापाले स्वागत गर्नु भएको उक्त कार्यक्रम संचालन बिद्यालयका शिक्षक विकाश शर्माले गर्नु भएको थियो । सो कार्यक्रम बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष अर्जुन कुमार केसीको सभापतित्वमा सम्पन्न भएको थियो । कार्यक्रममा बिद्यार्थीले आफ्नो नृत्य प्रस्तुत गरेका थिए । राप्ती सोनारी गाउँपालिका क्षेत्रमा ५४ वटा बिद्यालय संचालनमा रहेका छन ।
