नेपालगन्ज म्याराथनको पाँचौं संस्करणको सबै तयारी पुरा

0
332


नेपालगन्ज-क्रिएटिभ ह्याण्डसको आयोजना तथा नेपालगन्ज उपमहानगरपालिकाको सह आयोजनामा हुने धारा नेपालगन्ज म्याराथनको पाँचौं संस्करणको सबै तयारी पुरा भएको छ । यसपटकको म्याराथन शनिबार आयोजना हुँदैछ । हरेक वर्ष जस्तै यस वर्षपनि अघिल्लो वर्षको तुलनाम सहभागी संख्या बढ्नेमा आयोजक आशावादी रहेको छ ।

सरकार र सशस्त्र द्वन्द्वरत तत्कालिन माओवादीबीच बृस्तित शान्ती सम्झौता भएको दिन मंसिर ५ लाई स्मरण गर्दै हरेक वर्ष यो म्याराथन आयोजना हुन्दै आएको छ । यसपटक म्याराथनको मुख्य प्रायोजका रुपमा धारा शुद्ध तोरीको तेलले गरेको छ । सहप्रायोजकका रुपमा नेपालगन्ज म्याराथनमा इ-एसोसिएसन विथ आर्शिवाद पेन्ट्स र पावर्ड बाई राष्ट्रिय बाणिज्य बैंक आबद्ध भएका छन् ।

त्यस्तै निदान डाइग्नोस्टिक एण्ड हेल्थ सेन्टर डाग्नोस्टिक पार्टरका रुपमा रहेको छ । पश्चिम नेपालको प्रमुख व्यापारिक केन्द्र नेपालगन्ज जातीय, धार्मिक तथा साम्प्रदायिक विविधता भएर पनि एकताको सूत्रमा बाँधिएको सद्भावको शहर हो । सामाजिक एकताको प्रतिक खेलकुदमार्फत शहरलाई चिनाउने हाम्रो उद्देश्य रहेको छ ।

अघिल्लो लेखमाबाँकेका सरकारी कार्यालय प्रमुखको नियमित बैठक नरैनापुरमा
अर्को लेखमानेपालगन्जमा अन्तर्राष्ट्रिय बाल अधिकार दिवस

तपाइको बिचार दिनुहोस

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्