नेपालगन्ज भन्सारको एक्सरे मेसिन सञ्चालन

0
312

नेपालगन्ज–नेपालगन्ज भन्सार कार्यालयले सिमा नाकामा एक्सरे मेसिन सञ्चालनमा ल्याएको छ । नेपालगन्जको जमुनाहास्थित यात्रु शाखामा कार्यालयले उक्त मेसिन सञ्चालनमा ल्याएको हो । कार्यालयले शुक्रबारबाट ‘वाक थ्रो’ एक्सरे मेसिन सञ्चालनमा ल्याएको भन्सार प्रमुख शान्तिराम निरौलाले जानकारी दिए । मेसिन खरिद गरेपनि कार्यालयले यसअघि प्रयोगमा ल्याउन सकेको थिएन । मेसिन प्रयोगमा आएपछि सिमा वारपार गर्ने यात्रुका सामान चेकजाँचमा धेरै सहज भएको बताइएको छ ।

भन्सार प्रमुख निरौलाले मेसिन जडान भईसकेपछि कसैलेपनि प्रतिबन्धित सामान ओसार–पसार गर्न नपाउने बताए । उनले भने, ‘भन्सार महसुल नबुझाएर सामान भित्र्याउन पनि पाउँदैनन्, सुक्ष्म रुपले सामान चेकजाँचको काम हुन्छ ।’ भन्सार चेकजाँचको कामलाई छिटो छरितो र प्रभावकारी बनाउन मेसिन प्रयोगमा ल्याएको बताए ।

मेसिन नहुँदा यसअघि भन्सार कर्मचारी तथा सुरक्षाकर्मीले यात्रुका झोला छाम्ने र खोलेर चेकजाँच गर्नु परेको थियो । मेसिन बिना यात्रुका झोला चेकजाँच गर्दा प्रभावकारी हुन सकेको थिएन । निरौलाले भने, ‘मेसिनको माध्यमबाट सुरक्षा चेकजाँचमा धेरै सहजता आउनेछ, अर्कोतर्फ भन्सार राजश्वको दायरा पनि बढ्नेछ,’

तपाइको बिचार दिनुहोस

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्