नेपालगन्जमा ‘लुम्बिनी प्रदेश स्तरिय’ महिला उद्यम प्रर्दशनी गरिने

0
13


बाँके, (नेपालगञ्ज) फागुन ३–


नेपालगन्जमा यस बर्ष पनि ‘लुम्बिनी प्रदेश स्तरिय’ महिला उद्यम प्रर्दशनी गरिने भएको छ । महिला उद्यमीले उत्पादन गरेका बस्तुको प्रवद्र्धन तथा बजारीकरण गर्नका लागि यही फागुन ५ गतेदेखी ९ गतेसम्म छैटौं संस्करण गर्न लागिएको हो ।
आयोजक महिला उद्यमी संघ नेपाल बाँकेले बुधबार नेपालगन्जमा पत्रकार सम्मेलन गरेर प्रदर्शनीबारे जानकारी दिएको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २ स्थित बागेश्वरी मन्दिरको चिल्ड्रेन पार्कमा प्रर्दशनी सञ्चालन हुने महिला उद्यमी संघ नेपाल बाँकेका वरिष्यठ उपाध्यक्ष तथा प्रदर्शनीका संयोजक सावित्री बस्नेतले जानकारी दिनुभयो ।
उहाँका अनुसार प्रदर्शनीको लुम्बिनी प्रदेशकी आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्री कृष्णा केसी ‘नमुना’ ले उद्घाटन गर्नुहुने छ । उक्त प्रर्दशनीमा बाँकेसहित पाल्पा, रुपन्देही, कपिलवस्तु, रोल्पा, प्युठान, रुकुम, दाङ्ग, बर्दिया र सुर्खेतका महिला उद्यमीले उत्पादन गरेका वस्तुहरु प्रर्दशनीमा राखिने उहाँले बताउनुभयो ।
महिला उद्यमीले उत्पादन गरेका थाकलका हाते ब्याग, साँस्कृतिक पहिचान झल्किने पोशाक, प्लाष्टिकको विकल्पमा वातावरणमैत्री सालको पातको टपरी, स्थानीय उद्योगीद्धारा तयार पारिएको छालाको जुत्ता चप्पल, महिला सहकारीद्धारा सञ्चालित बेसार खेतीको उत्पादन, कला साहित्य, चाडपर्वमा पाईने र बनाइने नेपाली साँस्कृतिक परिकारको उत्पादन, लसुन र टिमुरको अचार छोप मेलाको आर्कषण रहेको आयोजकले जनाएको छ ।
संयोजक बस्नेतका अनुसार नव उद्यमी उत्पादन गर्न बिद्यार्थीहरुलाई बिक्री वितरण गर्न सिकाउन बिद्यार्थीको दुईवटा स्टल समेत राखिनेछ । प्रर्दशनीमा सानो लगानीबाट महिला उद्यमी बन्न सफल महिला उद्यमीहरुलाई सम्मान गरिने संयोजक बस्नेतले बताउनुभयो । साथै घरको काम सकेर खाली समय खेर फालिरहेका दिदि बहीनीहरुकोलागि सफल महिला उद्यमीहरुको प्रेरणत्मक प्रवचन तथा अन्तरक्रिया कार्यक्रम पनि राखिएको संयोजक बस्नेतले जानकारी दिनुभयो ।
२०६० सालमा स्थापना भएको संघमा ६२ जना महिला उद्यमीहरु सदस्य छन् । संघले २०७२ सालदेखी प्रर्दशनी गर्न थालेको हो । संघ बाँकेका अध्यक्ष निरुपमा रस्तोगीले महिला उद्यमीहरुको सिप प्रर्दशन र उत्पादित बस्तु बजारीकरण गर्नका लागि प्रदर्शनी गर्न लागिएको बताउनुभयो ।
नेपालगन्ज उपमहानगरपालिका कार्यालय र घरेलु तथा साना उद्योग कार्यालय बाँकेको आर्थिक सहयोगमा गरिने उक्त प्रर्दशनीमा ५० भन्दा बढी स्टल रहने भएका छन् । पत्रकार सम्मेलनमा नेपाल उद्योग वाणिज्य महासंघका निर्वतमान केन्द्रिय अध्यक्ष भवानी राणाले महिलाभित्र धेरै सिप भएपनि त्यसलाई बजारमा ल्याउन नसकेको बताउनुभयो् । ‘महिलाभित्र भएको सिपलाई बाहिर ल्याउनमा यस्तो प्रर्दशनी महत्वपूर्ण हुन्छ,’ उहाँले भन्नुभयो । बाँकेका महिला उद्यमीले उत्पादन गरेका बस्तुको काठमाडौंमा धेरै माग भइरहेको राणाले बताउनुभयो । ‘नेपाली महिला उद्यमीले उत्पादन गरेका केही सामानहरु थाईल्याण्डसम्म पुर्याउने गरिएको छ, विदेशमा समेत माग बढेको छ,’ राणाले भन्नुभयो । महिलाले उत्पादन गरेका सामाग्रीको बजारीकरण गर्न ठुलो समस्या रहेको उहाँको भनाई छ ।
संघका केन्द्रिय सदस्य एवम् लुम्बिनी प्रदेश संयोजक सरस्वती शर्मा पराजुलीले महिलाले उत्पादन गरेका बस्तुको राम्ररी बजारीकरण हुन नसकेको बताउनुभयो । महिला उद्यमीको उत्पादन बजारीकरण गर्नकै लागि संघले हरेक वर्ष प्रर्दशनी गर्दै आएको उहाँले जोड दिनुभयो ।

अघिल्लो लेखमाबाँकेमा ६ लाख बढीलाई हात्तिपाइले रोग विरुद्धको औषधी खुवाइँदै
अर्को लेखमा‘मेरो भ्वाइस यूनिभर्स र मेरो डान्स यूनिभर्स’को फिल्ड अडिसन शनिवार नेपालगन्जमा

तपाइको बिचार दिनुहोस

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्