नेपालगन्जका दुई क्वारेन्टाइन खाली, बसेका सबैलाई घर पठाइयो

0
255

बाँके, बैशाख १२-
नेपालगन्ज उपमहानगर क्षेत्रभित्र रहेका दुई वटा क्वारेन्टाइन खाली गरिएको छ । दुबै क्वारेन्टाइनमा बस्दै आएका एक सय ९२ जनालाई शुक्रबार घर पठाइएको हो । जैसपुरस्थित नेपाल–भारत सिमा दशगजा छेउमै निर्माण गरिएको क्वारेन्टाइनमा बसेका १ सय ८१ र महेन्द्र बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा बसेका ११ जनालाई घर पठाइएको छ । भारतका विभिन्न ठाउँबाट फर्केर आएका नेपाली नागरिकलाई गत चैत २० गते दशगजा छेउमा रहेको क्वारेन्टाइनमा र भारतबाटै फर्केर आएका महिला, बालबालिका तथा अशक्तलाई त्यसको चैत १८ गते महेन्द्र बहुमुखी क्याम्पसमा राखिएको थियो ।

सुरुमा उनीहरुलाई क्वारेन्टाइनमा १४ दिन राखेर घर पठाउने बताएपनि सरकारले ठोस निर्णय गर्न नसक्दा शुक्रबार मात्र घर फर्किन पाएका हुन् । बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले दुबै क्वारेन्टाइनमा बसेका ब्यक्तिलाई आ–आफ्नो जिल्ला पठाइएको बताउनु भयो । उनीहरु घरमा फर्किन पाएपनि जिल्लामा रहेको क्वारेन्टाइनमा थप १४ दिन क्वारेन्टाइनमा बस्नुपर्ने उहाँले सुनाउनु भयो । नेपालगन्ज उपमहानगरपालिकाका उपमेयर उमा थापामगरले दशगजा छेउमा बसेका १ सय ८१ र महेन्द्र बहुमुखी क्याम्पसमा बसेका ११ गरी कुल १ सय ९२ जनालाई सकुसल बिदाइ गरिएको बताउनु भयो ।

उपमेयर थापाले सामाजिक सञ्जालमा लेख्नु भएको छ, ‘यो अवधिभर खाना, बसाई, स्वास्थ्य, सुरक्षा, सरसफाई लगायतको विषयमा तन, मन र धनबाट सहयोग गर्ने आदरणीय जनप्रतिनिधी, राजनीतिक दल, स्थानीय प्रशासन, सुरक्षा निकाय, नागरिक समाज, सञ्चारकर्मी, सहयोगदाता, कर्मचारी र सम्पुर्णमा नेपालगन्ज उपमहानगरपालिकाको तर्फबाट हार्दिक धन्यवाद छ, ।’

अघिल्लो लेखमाकोरोना भाइरस संक्रमण रोकथाम अभियानमा जोडियो बी.गु्रप
अर्को लेखमाराप्तीसोनारीको विपद ब्यवस्थापन समितिले गर्यो महत्वपुर्ण निर्णय

तपाइको बिचार दिनुहोस

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्