निर्धन उत्थान लघुवित्त वित्तिय संस्थाद्धारा बिमा क्षतिपुर्ति प्रदान

0
416

रोल्पा- निर्धन उत्थान लघुवित्त वित्तिय संस्था लिमिटेड शाखा कार्यालय सुलिचौर रोल्पाले बिमा क्षतिपुर्ति पांच लाख छपन्न हजार वितरण गरेको छ । रोल्पास्थित सुनिलस्मृती गाउँपालिकाका अध्यक्ष गुणेन्द्र घर्ती र लुंग्रि गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष भरतकुमार थापाले संयुक्त रुपमा सुलीचौर शाखा अन्र्तगत सञ्चालित किलाचौर स्वाबलम्वी समुहकी सदस्य गौमाला बोटेको मृत्युवापत क्षतिपुर्ति रकम ५ लाख ५६ हजारको चेक मृतक सदस्यका पति पुस्तबहादुर बोटेलाई हस्तान्तरण गरेका हुन् ।

काठमाण्डौको नक्सालमा केन्द्रीय कार्यालय रहेको उक्त संस्थाले सुलिचौरमा सञ्चालन गरेको तीन दिने तालिम उद्घाटन कार्यक्रममा हस्तान्तरण गरिएको थियो । संस्थाले दुरदराजका विपन्न ग्रामिण बस्तीमा गरिव बेरोजगार दलित जनजाती महिलाको समुह बनाएर कर्जा वचत बीमा र विप्रेषण सहितको पुर्ण लघुवित्त सेवा प्रदान गरेर गरिवी न्युनिकरण महिला शसक्तिकरण र स्वरोजगारी सृजना रोजगारीको वृद्धि गरि आर्थिक समृद्धिका लागि लघु उद्यमीलाई विकास गर्न र एक परिवारमा एक जना उद्यमी बनाउन महत्वपुर्ण योगदान पुर्याएकोमा प्रशंसा गरे । कार्यक्रममा संस्थाको क्षेत्रीय कार्यालय कोहलपुरका कार्यक्रम ब्यवस्थापक जिताराम गौतमले संस्थाले दिने सेवा सुबिधाको बारेमा जानकारी गराएका थिए ।

तपाइको बिचार दिनुहोस

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्