राप्तीसोनारीमा लामिछाने बने सर्वोकृष्ट कर्मचारी

0
221


बाँके, (राप्तीसोनारी) भाद्र २२-


निजामती सेवा दिवसको अवसरमा राप्ती सोनारी गाउँपालिकाका १४ जना कर्मचारी पुरस्कृत भएकाछन् । गाउँपालिका अन्तर्गतका विभिन्न शाखा ताथा वडा कार्यालयमा कर्तब्य निष्ठ भएर काम गरेको भन्दै गाउँपालिकाले एक जनालाई सर्वोकृष्ट कर्मचारी तथा १३ जनालाई उत्कृट कर्मचारी पुरस्कार पुरस्कार प्रदान गरेको हो ।

सर्वोकृष्ट कर्मचारी पुरस्कारबाट गाउँपालिकाका लेखा अधिकृत गौरव कुमार लामिछाने सम्मानित हुनु भएको छ । यसैगरी उत्कृष्ट कर्मचारी पुरस्कारबाट राप्ती सोनारी गाउँपालिका शिक्षा शाखा प्रमुख जीवन न्यौपाने, स्वाथ्य शाखाका सिनियर अहेव सुरेश कुमार शर्मा, पशु शाखाका अधिकृत जय बहादुर कार्की, स्वाथ्य शाखाका हेल्थ असिस्टेन्ट देवेन्द्र केसी, कृषि शाखाका प्राविधिक सहायक महेन्द्र खड्का, अहेव चौथो लोकेन्द्र चन्द, खरिदार रोशण कुमार ओली, दूर्गा के.सी, अहेव चौथो बलबहादुर थारु, सुपरभाईजर सितलबहादुर चौधरी, स्टाफ नर्स चौथो सुमन चौधरी, कार्यालय सहयोगी चेत बहादुर बोहरा र प्यारी चौधरी सम्मानित हुनुभएको नेपाल निजामती कर्मचारी संघ राप्ती सोनारीका सचिव लोकेन्द्र चन्दले जानकारी दिनुभयो । सर्वोकृष्ट कर्मचारी पुरस्कारबाट सम्मानित लामिछानेलाई नगद १० हाजर र उत्कृष्ट सबै कर्मचारीलाई नगद ५ हजार सहित सम्मान गरिएको गाउँपालिकाले जनाएको छ ।

पुरस्कृत हुने सबै कर्मचारीलाई प्रमाण पत्र, ढाका टोपी र खादा लगाएर गाउँपालिका अध्यक्ष लाहुराम थारु, उपाध्यक्ष धनी कुमारी खत्री, प्रमुख प्रशासकिय अधिकृत लोक बहादुर शाही, वडा नम्बर ३ का वडा अध्यक्ष गंगाराम थारु, वडा नम्बर ५ का वडा अध्यक्ष झग्रु थारुले संयुक्त रुपमा सम्मान गर्नु भएको थियो । कर्मचारीलाई सम्मान गर्दै गाउँपालिका अध्यक्ष लाहुराम थारुले अझ ईमान्दार र कर्तब्य निष्ठ भएर काम गर्न आग्रह गर्नुभयो । उहाँले भन्नु –‘भयो हामी सबै कर्मचारीको मुल्यांकन गर्दै आएकाछौं भोलीका दिनमा हामी नरहेपनि अन्य कर्मचारीहरु सम्मानित हुने पाले अवश्य आउँछ ।’ उहाँले जनतालाई सँधैं सहज र सरल तरिकाले सेवा दिन कर्मचारीलाई आग्रह गर्नुभयो । यसैगरी प्रमुख प्रशासकिय अधिकृत लोकबहादुर शाहीले निजामति सेवालाई पूर्णरुपमा कार्यान्वयनकालागि देशभरीका कर्मचारी एकजुट हुनुपर्ने आवश्यकता औल्याउनु भयो । निजामती कर्मचारीहरु समयकालसँगै प्रविधिमैत्री सिप हाँसिल गर्न एकदमै आवश्यक छ उहाँले भन्नु भयो – ‘सबैले अध्यवधिक शिप युक्त, अनुशासित र कर्तब्य निष्ठ भएर काम गारौं, यसबाट जनप्रतिनीधिलाई सहज वातावरण हुनुका साथै देश समृद्धिको पाईलामा अगाडी बढ्छ । ’

अघिल्लो लेखमानिजामती सेवा दिवसमा राप्तीसोनारीका कर्मचारीले गरे बृक्षा रोपण
अर्को लेखमानरैनापुर गाउँपालिकाले मनायो साक्षरता दिवस

तपाइको बिचार दिनुहोस

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्