नरैनापुर गाउँपालिकाले मनायो साक्षरता दिवस

0
66

बाँके(नरैनापुर), भदौं २३-
बाँकेको नरैनापुर गाउँपालिकामा बुधबार ५५ औं अन्तराष्ट्र्रिय साक्षरता दिवस मनाइएको छ । गाउँपालिकाको शिक्षा तथा खेलकुद शाखाको आयोजनामा उक्त दिवस मनाइएको हो ।

शाखा प्रमुख कृष्णकुमार थारुको अध्यक्षतामा भएको कार्यक्रममा नरैनापुरका उत्कृष्ट बिद्यालयहरु जय किसान मावि भोजपुर, नेरा आधारभुत बिद्यालय जमुनी, नमुना प्राथमिक बिद्यालय मोतिपुर र मदरसा सोनवर्षा गरी चार वटालाई नगद २० हजार तथा उत्कृष्ट प्रधानाध्यापक, उत्कृष्ट शिक्षक, उत्कृष्ट कर्मचारीलाई जनही ५ हजारका दरले पुरस्कार प्रदान गरिएको छ ।

गाउँपालिकाको नवनिर्मित भवनमा एक कार्यक्रमका बीच प्रमुख अतिथी एवम् कार्यबाहक गाउँपालिका अध्यक्ष मसुद अहमद शाह र विशिष्ट अतिथी एवम् प्रमुख प्रशासकीय अधिकृत दलबहादुर बस्नेतले उत्कृष्ट बिद्यालय, शिक्षक र कर्मचारीलाई टिका लगाई खादा, प्रमाणपत्र तथा नगद रकमसहित सम्मान गर्नुभयो । कार्यक्रममा बोल्दै प्रमुख प्रशासकीय अधिकृत बस्नेतले आउँदो मंसिरसम्म गाउँपालिकालाई साक्षर पालिका घोषणा गर्ने गरी आजबाटै साक्षर अभियान प्रारम्भ गरिएको जानकारी दिनुभयो ।

अभियान अन्तर्गत हरेक बिद्यालयले प्रत्येकको कार्यक्षेत्रमा निरक्षर ब्यक्तिलाई साक्षर बनाउने जिम्मेवारी पाएका छन् । कार्यक्षेत्रका साक्षर तथा जानकार ब्यक्तिले १ जनालाई साक्षर बनाए वापत रु. २ सयका दरले प्रोत्साहन रकम समेत उपलब्ध गराउने निर्णय पारित गरिएको बस्नेतले बताउनु भयो ।

गाउँपालिकाको नवनिर्मित भवनमा आयोजित उक्त कार्यक्रमका प्रमुख अतिथी एवम् कार्यबाहक गाउँपालिका अध्यक्ष मसुद शाह, विशिष्ट अतिथी एवम् प्रमुख प्रशासकीय अधिकृत बस्नेत, जय किसानका ब्यवस्थापन समिति अध्यक्ष वृजेन्द्रकुमार यादव, प्रधानाध्यापक, शिक्षक लगायतको उपस्थिती रहेको थियो । दिवसको अवसरमा नरैनापुरमा र्याली समेत निकालिएको जयकिसान माध्यामिक बिद्यालयका शिक्षक अरुण यादवले जानकारी दिनुभयो ।

अघिल्लो लेखमाराप्तीसोनारीमा लामिछाने बने सर्वोकृष्ट कर्मचारी
अर्को लेखमानरैनापुरको कोहलामा तीज विशेष साँस्कृतिक कार्यक्रम सम्पन्न

तपाइको बिचार दिनुहोस

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्