देशभरी एकैदिन ११४ कोरोना संक्रमित थपिए, १८३ जना निको भएर घर फर्किए

0
60

बाँके, जेठ १४-

नेपालमा बुधबार एकै दिन ११४ जना नयाँ संक्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा बाँकेमा थप १६ जनामा पोजेटिभ भेटिएका हुन् । भेरी अस्पताल नेपालगन्जमा गरिएको स्वाब परीक्षणमा राप्तीसोनारी गाउँपालिकाका ७, बैजनाथ गाउँपालिकाका ६, डुडुवाका २ र खजुरा गाउँपालिकाका १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । राप्तीसोनारीमा बुधबार पुष्टि भएका वडा नम्बर ८ का पाँच जना र वडा नम्बर २ का दुई जना रहेको बताईएको छ । यो सँगै नेपालमा कुल संक्रमितको संख्या ८ सय ८६ पुगेको छ ।

हालसम्म प्रदेश नं.५ का ९ जिल्लामा ३ सय ६५ जना कोरोना पोजेटिभ भेटिएका हुन् । बाँकेमा मात्र कुल कोरोना संक्रमितको संख्या १ सय ७० पुगेको छ । जसमध्ये २४ जना निको भएर घर पर्किएका छन् भने १ जनाको क्वारेन्टाईनमै मृत्यु भएको थियो । यस्तै कोरोना भाईरस संक्रमणबाट निको हुनेको संख्या देशभरी १८३ पुगेको मन्त्रालयले जनाएको छ । ती मध्य १४२ पुरुष र ४१ जना महिला रहेकाछन् । मन्त्रालयका अनुसार बुधबार मात्र २८ जना संक्रमित निको भएर घर फर्किएकाछन् । प्रदेश नम्बर १ विराटनगरस्थित कोशी अस्पतालबाट चार जना, प्रदेश नम्बर २ को विरगंज स्थित नारायणी अस्पतालबाट २१ जना डिस्चार्ज भएका हुन् । यसैगरी प्रदेश नम्बर ५ का तीन कोरोना संक्रमित निको भएकाछन् । बाँकेको खजुरास्थित शुसिल कोईराला प्रखर क्यान्सर अस्पतालको आईसोलेसनबाट दुईजना बाँकेका र बर्दियाका एकजना निको भएर घर फर्किएकाहुन् । यस अघि बाँकेमा एकैपटक २१ जना र त्यसपछि एकजना गरि २२ जना निको भएर घर फर्किसकेका थिए । बुधबार सम्म प्रदेश नम्बर १ मा ३०, प्रदेश नम्बर २ मा ९७, बागमति प्रदेशमा ११, गण्डकी प्रदेशमा २, प्रदेश नम्बर ५ मा ३८ र सुदुरपश्चिम प्रदेशमा ५ जना संक्रमित निको भएको मन्त्रालयका प्रवक्ता देवकोटाले जानकारी दिए ।

अघिल्लो लेखमाराप्ती सोनारीका दुई सहित बाँकेमा थपिए ८ संक्रमित
अर्को लेखमावडाकै लगानीमा राप्तीसोनारी ६ मा स्वाथ्यचौकी स्थापना

तपाइको बिचार दिनुहोस

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्