दुई दिनको अवधिमा भारतबाट ३३३ नेपाली भित्रिए, क्वारेन्टाईन थप गरेर नरैनापुरमा राखियो

0
113

बाँके, बैशाख ३१-

भारतबाट आएर सीमामा अलपत्र परेका ३ सय ३३ जनालाई बाँकेको नरैनापुर गाउँपालिकामा ल्याएर क्वारेन्टाइनमा राखिएको छ । ठूलो संख्यामा एकैसाथ स्थानीयहरु भारतबाट फर्केपछि क्वारेन्टाइन थपेर उनीहरुको व्यवस्थापन गरिएको हो । भारतका विभिन्न सहरबाट फर्केका उनीहरुलाई गाउँपालिकाले बनाएको विभिन्न ७ वटा क्वारेन्टाइनमा राखिएको अध्यक्ष इस्तियाक अहमद शाहले बताउनुभयो ।

अहिले पनि मानिसहरु आउने क्रम जारी रहेको जानकारी दिँदै अध्यक्ष शाहले व्यवस्थापन गर्न गाह्रो भइरहेको बताउनुभयो । हाल सम्म सबैलाई ब्यवस्थित तरिकाले राखिएको पनि उहाँले बताउनु भयो । दुई दिनको अवधिमा आएका ३ सय ३३ जना मध्ये ५८ जनालाई वडा नम्बर ६ को भोजपुरस्थित जयकिसान मावि, ६६ जना वडा नम्बर ५ को भगवानपुरस्थित दिपेन्द्र प्रावि, वडा नम्बर ४ को नेरा प्रावि पर्शुरामपुरमा ५७ जना, लक्ष्मणपुर २ आदर्श माविमा ७९, नेरा प्रावि शंकरनगर कोटियामा ४० र नरैनापुर ४ को एक मदरसामा ३३ जनालाई राखिएको स्वास्थ्य शाखा उपप्रमुख नागेन्द्र कुमार शाहले जानकारी दिनुभयो । त्यस्तै यसअघि आएका ३४ जनालाई नेरा प्रावि खोदवाँमा राखिएको छ । ती ३४ सहित ३५ जनाको आजै पिसिआर विधिबाट परिक्षणका लागि स्वाब पनि लिइएको स्वास्थ्य उपप्रमुख शाहले बताउनुभयो । उनीहरु बैशाख २० गते भारतबाट आएका थिए ।

अघिल्लो लेखमासामाजिक उद्यमी सहकारी संघद्वारा चामल हस्तान्तरण
अर्को लेखमासीमामा अलपत्र ५ सय बढि नेपाली जमुनाहा नाकाबाट भित्रिदै, भारतिय नागरिकलाई सीमा पारी पठाईदै

तपाइको बिचार दिनुहोस

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्