दहित थारु समुदायले महिलालाई सबै भन्दा बढी अधिकार दिएकाछन्: डिल्ली चौधरी

0
158


बाँके, (राप्ती सोनारी ) चैत्र २५

लुम्विनी प्रदेशका प्रदेश सभा सदस्य दिल्ली बहादुर चौधरीले दहित थारु समुदायले महिलालाई सबै भन्दा बढी अधिकार दिएको बताउनुभएको छ । बाँकेको राप्ती सोनारी ६ मा आयोजित चौथो राष्ट्रिय दहित गोट्यार सम्मेलनलाई सम्बोधन गर्दै उहाँले दहित थारु समुदायमा घरको देवता पुज्ने अधिकार महिलालाई मात्र भएको बताउनुभयो । उहाँले अव सामाजिक र राजनैतिक अधिकार पनि महिलालाई दिन आवश्यक रहेको बताउनु भयो । लुम्विनी प्रदेशका पूर्व शहरी विकास मन्त्री समेत रहनुभएका चौधरीले दहित दहितवीच विवाह गर्न नहुने कुरामा ठूलो रहस्य रहेको बताउनुभयो । विभिन्न थरीका दहितवीच पनि विवाह गर्दा हाड नाता भएर वंशानुगत सिकलसेल रोग जस्ता विभिन्न रोगलाग्न सक्नेबारे दहितहरुका पूर्खाहरुले पहिले नै सचेत रहेकोले दहितवीच विवाह गर्न नमिल्ने उहाँले बताउनुभयो । दहितहरुमा ठूलो सानो कोही नभएर सबै दहित बरावररहेको चौधरीले बताउनुभयो । स्वाथ्य उपचारकालागि काठमाण्डौमा रहनुभएका पूर्व मन्त्री महेश दहितले अनलाईन मार्फत सम्मेलनलाई सम्मोधन गर्नुभएको थियो । ‘पहिचान बचाई, हैस्यार बनि ओ एक हुई’ भन्ने नारा सहित दहित गोट्यार सम्मेलन बाँकेको आयोजनामा भईरहेको हो । सम्मेलनको प्रमुख अतिथी राष्ट्रिय खानेपानी संस्थानका निवर्तमान अध्यक्ष जीउलाल दहितले उद्घाटन गर्नुभएको थियो । आयोजक दहित गेट्यार सम्मेलन नेपाल बाँकेकाका संयोजक गोविन्द दहितको सभापतित्वमा जारी सम्मेलनमा नागरिक उन्मुक्ति पार्टीका लुम्विनी प्रदेश सदस्य सोमराज थारुले सम्मेलनको उद्देश्यबारे प्रकाहश पर्नुभएको थियो । सम्मेलनमा, कैलारी गाउँपालिका उपाध्यक्ष भगवती दहित, संविधान सभा सदस्य पट्टु दहित, स्थानिय जनप्रतिनीधिलगायत दाङ, बाँके बर्दिया, कैलाली, कञ्चनपुर र सुर्खेतका दहितहरुको सहभागिता रहेको छ । थारु समुदायभित्र विभिन्न थर रहेकाले दहित भित्रपनि ४१ थरी पत्तालागेको सम्मेलनमा उपस्थित दहितहरुको भनाई छ । सम्मेलनमा लेखक शेखर दहितले दहितहरुको पहिचान, अवस्था, बंशानुगत गुणलगायतका विषयमा कार्य पत्र प्रस्तुत गर्दै हाल नेपालको कुल जनसंख्या मध्य २ लाख ४३ हजार ५५१ दहितहरुको संख्या रहेको बताउनुभयो । थारु आयोगले २०७७ सालमा संकलन गरेको तथ्यांकमा ३७ थरीका दहित सुचिकृत भएपनि ४१ थरीका दहित रहेको उहाँको दहितको दावी छ । अन्य थारु भन्दा दहित थारु हरु तिखो दिमाग भएका, सामाजिक नेतृत्व सृजनसिल, दहित भित्र धेरै थरी रहेपनि दहित –दहितवीच विवाह गर्दा हाडनाता पर्ने भएकाले थर पहिचान गर्न अति आवश्यक रहेको उहाँले बताउनुभयो । सम्मेलनमा उपस्थित विभिन्न थरीका दहितहरुले भोज विवाह, मर्नी कर्नी र पूजा आँटीमामा गरिने रितिरिवाजबारे आ – आफ्नो भनाई राख्नुभएको थियो । सम्मेलनमा राप्ती सोनारी गाउँपालिकाका प्रथम अध्यक्ष लाहुराम थारु, वडा नम्बर ६ का वडा अध्यक्ष लबराज खरेल, ७ नम्बर का वडा अध्यक्ष रामलखन थारुलगायतका बक्ताले शुभकामना मन्तब्य दिनुभएको थियो् । कार्यक्रमको सहजी करण नुरी कुमारी दहितले गर्नुभएको थियो ।

अघिल्लो लेखमासरकारले नागरिक समाजलाई उपेक्षा गर्दै आएको गैसस महासंघका अध्यक्ष सुवेदीको आरोप
अर्को लेखमाराप्ती सोनारीमा न्युन बिद्यार्थी संख्या भएका बिद्यालयको कक्षा मिलान गर्ने प्रक्रिया सुरु

तपाइको बिचार दिनुहोस

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्