थारु समुदाय अन्तर्गत रझेट्या कुसुम्या समाजको बार्षिक सम्मेलन राप्ती सोनारीमा

0
221

बाँके, (राप्ती सोनारी ) मंसिर १३-


रझेट्या कुसुम्या गोत्यार समाजको सातौं बार्षिक सम्मेलन सोमबार राप्ती सोनारी- ३ बैसामा सम्पन्न सम्पन्न भएको छ ।। दाङ र बाँकेमा बसोवास गर्दै आएका रझेट्या कुसुम्या थर भएका थारु समुदाय संगठित भएर विगत ७ बर्षदेखि फरक फरक स्थानमा जमघट गर्दै आएकोमा यस बर्ष राप्ती सोनारी -३ बैसामा सम्मेलन गरेका हुन् ।

थारु समुदाय अन्तर्गत पनि विभिन्न थर, गोत्र हुने भएकाले आफ्नो थर पहिचान, गोत्यारबीच भेटघाट र आत्मीयता बढाउन प्रत्यक बर्ष सम्मेलन गर्दै आएको रझेट्या कुसुम्या समाजका अध्यक्ष विनोद चौधरीले जानकारी दिनुभयो । शनिवारदेखि सुरु भएको सम्मेलनमा एक सय ५० बढीको सहभागीता रहेको उहाँले जानकारी दिनुभयो । सम्मेलनमा सहभागीहरुले स्वस्फूर्त रुपमा आर्थिक संकलन गरेर बार्षिक रुपमा सम्मेलनको आयोजना गर्नुका साथै बचेको रकम गोत्यारबीच नै लगानी गर्दै आएको अध्यक्ष चौधरीले जानकारी दिनुभयो ।

विगत ६ बर्षदेखि हाल सम्म बार्षिक सम्मेलन गरेर पनि १ लाख ५३ हजार ९ सय ५८ रुपैयाँ बचत रहेको रझेट्या कुसुम्या गोत्यार समाजका कोषध्यक्ष, गणेश जनक चौधरीले जानकारी दिनुभयो । बार्षिक सम्मेलने आफ्ना गोत्र भएकाहरुको संख्या पत्तालगाउन र गोत्यारहरुविच चिनजान गर्न सहज हुनुका साथै सम्मेलमा उठेको रकमले एक आपसमा सानो तिनो आर्थिाक समस्या समाधान गर्न सहज भईरहेको समाजका निम बहादुर चौधरीले जानकारी दिनुभयो । पछिल्लो समय थारु समुदाय अन्तर्गतका विभिन्न थर तथा गोत्र भएकाहरु संगठित भएर सभा सम्मेलन गर्दै आएको देखिन्छ ।

अघिल्लो लेखमालैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान शुरु, राप्ती सोनारीमा सूचनामार्फत सचेतना फैलाउने
अर्को लेखमाराप्ती सोनारीको ६ नम्बर वडा पनि वालविवाह मुक्त घोषणा

तपाइको बिचार दिनुहोस

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्