तेक्वान्दो खेलाडीलाई बिदाइ गरियो

0
203

जुम्ला–थाइल्याण्ड प्रस्थान गरेका एक प्रशिक्षकसहित पाँच जना तेक्वान्दो खेलाडीलाई जुम्लामा बिदाई गरिएको छ । उनीहरुलाई जिल्ला खेलकुद विकास समिति जुम्लाले एक कार्यक्रमको आयोजना गरेर बिदाइ गरेको हो । सुर्खेत, काठमाडौं र सल्यान जिल्लामा आयोजना भएका प्रतियोगितामा मेडल हात पारेका खेलाडीले थाइल्याण्ड खेल्न जान पाउने अवसर पाएका थिए । आगामी कार्तिक ६ गतेदेखि थाइल्यान्डमा हुने ९ औं डिरक तेक्वान्दो अन्तराष्ट्रिय प्रतियोगिता २०१९ मा ३४ किलो अन्तर्गतको खेलमा सहभागी हुन उनीहरु प्रस्थान गरेका हुन् ।

गुठीचौर गाउँपालिका–३ गज्याङकोटका १४ वर्षीया मङगल कामी, तिलागाउँपालिका–३ का सर्पेन्द्र भट्राइ, चन्दननाथ नगरपालिका–५ बस्ने अस्मिता सुनार, गुठीचौर गाउँपालिका–५ का पोषण न्यौपाने र प्रशिक्षक लालबहादुर रोकायालाई बिदाइ गरिएको जिल्ला खेलकुद विकास समिति जुम्लाले जनाएको छ । उनीहरुलाई अविर, खादासहित प्रति व्यक्ति तीन, तीन हजार रुपैयाँ भाडा स्वरुप प्रदान गरेर विदाइ गरिएको खेलकुद विकास समितिका कार्यालय प्रमुख बमबहादुर महतले बताए ।

अघिल्लो लेखमाबाँके राष्ट्रिय निकुञ्ज क्षेत्रमा सरसफाई
अर्को लेखमाधमाधम कार्यसम्पादन करार सम्झौता गर्दै बिद्युत प्राधिकरण

तपाइको बिचार दिनुहोस

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्