डुडुवाको प्रमुख प्रशासकिय अधिकृतमा पौडेल

0
32


बाँके (डुडुवा ) असोज ४-

डुडुवा गाउँपालिकाको प्रमुख प्रशासकिय अधिकृतमा कृष्णप्रसाद पौडेल आउनु भएको छ । लामो समयदेखि रिक्त रहेको उक्त पदमा नयाँ आउनु भएका प्रमुख प्रशासकिय अधिकृत पौडेलले आजदेखि कार्यालयको प्रशासनिक कामकाजको जिम्मेवारी सम्हाल्नु भएको छ ।


आज मंगलबार एक कार्यक्रमका विच गाउँपालिका उपाध्यक्ष शाहिदा बानो, लेखा प्रमुख रामबहादुर केसी लगायत कर्मचारीले स्वागत गरेका छन । यस अघिका प्रमुख प्रशासकिय अधिकृत परशुराम उपाध्यायको अन्यत्र सरुवा भएपछि रिक्त रहेको उक्त पदमा नयाँ प्रमुख प्रशासकिय अधिकृतमा पौडेल आउनु भएको हो ।
कार्यालयको जिम्मेवारी सम्हाल्दै पौडेलले कानूनले दिएको अधिकारभित्र रहेर आफनो जिम्मेवारी निर्वाह गर्ने प्रतिबद्धता गर्दै दैनिक प्रशासनका काम कारवाही प्रक्रिया अघि बढाउने बताउनुभयो ।


पौडेल यस भन्दा अघि जिल्ला प्रशासन कार्यालय बाँकेमा प्रशासकिय अधिकृत र बाणिज्य कार्यालयका प्रमुखको जिम्मेवारीमा रहनुभएको थियो ।

अघिल्लो लेखमासमन्वय समितिद्वारा खोला र क्रसरमा छड्के अनुगमन
अर्को लेखमानरैनापुरमा ‘भ्रष्टचार नियन्त्रण र सुशासन प्रवद्र्धन’ विषयक अन्तरक्रिया सम्पन्न

तपाइको बिचार दिनुहोस

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्