डुडुवाको तथ्याक संकलन अन्तिम चरणमा

0
169

तारा ओली,
(बाँके) चैत २६

कोरोना भाइरस क्रममा सरकारले गरेको लकडाउनमा अति गरिब तथा विपन्न नागरिकलाई राहत वितरणका लागि डुडुवा गाउँपालिकाले लगत संकलन गरिरहेको छ । नेपाल सरकारले जारी गरेको कोरोना भाइरसका बारेमा राहत वितरण निर्देशिका–२०७६ अनुसार गाउँपालिकाको वडा नम्बर १ देखि ६ मा नागरिकको लगत संकलन गरिरहेको गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले जानकारी दिनुभयो ।

लगत संकलनका लागि सबै वडा कार्यालयलाई जिम्मा दिएकाले सरकारले जारी गरेको निर्देशिका बमोजिम वस्तविक व्यक्तिको तथ्यांक संकलन भईरहेको उहाँले बताउनु भयो । लगत संकलन गरि तत्काल गाउँपलिकालाई विवरण पेश गर्न वडा कार्यालयलाई अनुरोध गरिएको प्रमुख प्रशासकिय अधिकृत प्रशुराम उपाध्यायले बताउनुभयो । अहिले विभिन्न निकायबाट राहत सामाग्री संकलनको काम भईरहेको गाउँपालिकाले जनाएको छ । गाउँपालिकालाई लयान्स क्लब, एन आएसी एसिया बैंक लगायतले राहत सामाग्री हस्तान्तरण गरिसकेका छन् ।

तपाइको बिचार दिनुहोस

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्