डुडुवाको क्वारेन्टाइनमा भारतबाट फर्केका २५ जनालाई राखियो

0
63

बाँके, चैत २०-
भारतबाट आएका नेपाली नागरिकलाई डुडुवा गाउँपालिकाले अस्थायी क्वारेन्टाइनमा राखेको छ । डुडुवा गाउँपालिका वडा नम्बर ६ हिरिमिनिया सिमा नाका उद्युमगन्जमा भारतबाट आएका २३ जना नेपालीलाई पोष्ट नजिकै टेन्टमा राखिएको हो । सो पोष्टमा स्थापना गरिएको हेल्थ डेस्कमा उनीहरुको स्वास्थ्य परिक्षण गरेर मास्क, सामान्य औषधी वितरण गरि तीन दिनदेखि टेन्टको अस्थायी क्वारेन्टाइन व्यवस्था गरि राखिएको गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक धनबहादुर बुढाले बताउनु भयो । गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीको विशेष पहलमा खाना, नास्ता, पानी लगायतको व्यवस्था गरिएको हो ।

अध्यक्ष चौधरीले उनीहरुलाई भेटेर अवस्थाका बारेमा जानकारी लिनु भएको थियो । नेपाली नागरिकहरु दैलेख, सुर्खेत, सल्यान, गोरखा लगायत जिल्लाका रहेका छन् । उनीहरुमा सामान्य ज्वरो, रुघाखोकी जस्ता कुनैपनि लक्षण नदेखिएपछि त्यही क्वारेन्टाइनमा राखिएको र घर पठाउनका लागि जिल्ला प्रशासन कार्यालय बाँकेलाई समेत आवश्यक पहलसँगै जानकारी गराइएको अध्यक्ष चौधरीले बताउनु भयो । यस्तै नयाँबस्ती नाकामा आएका दुई जनालाई सोही स्थानमा स्थान्तरण गरिएको छ । गाउँपालिकासँग सिमा जोडिएका ३ स्थानमा गाउँपालिकाले हेल्थ डेस्क स्थापना गरि स्वास्थ्य परिक्षण गर्दै आएको छ ।

तपाइको बिचार दिनुहोस

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्