चौथो राप्तीसोनारी अध्यक्ष कपको उपाधी लक्ष्मी मा.वि लाई

0
207


बाँके, (राप्तीसोनारी) फागुन २१-


चौथो राप्तीसोनारी गाउापालिका स्तरिय अध्यक्ष कपको उपाधी आयोजक विद्यालय लक्ष्मी मा.वि मदुईले प्रप्त गर्न सफल भएको छ । शनिवार सम्पन्न १४ औं राष्ट्रपति रनिङ शिल्ड छनौट तथा चौथो अध्यक्ष कप खेलकूद प्रतियोगिताको उपाधी आयोजक विद्यालयले नै जित्न सफल भएको हो । यस्तै दोस्रो उपाधी जन जागृति आधारभूत विद्यालय नवलपुर, तेस्रो सिद्धेश्वर मा.वि सिधनुवा र चौथो उपाधी सरस्वती मा.वि भवनियापुरले प्राप्त गरेको छ । छात्र तर्फको भलिबलमा प्रथम आयोजक विद्यालय लक्ष्मी मा.वि मदुई, दृतिय सरस्वती मा.वि भवनियापुर र तृतिय नेरा मा.वि अगैया भएका छन् । यसैगरी छात्रा तर्फ सरस्वती मा.वि भवनियापुर प्रथम, आयोजक लक्ष्मी मा.वि मदुई दोस्रो र तृतिय चिल्ड्रेन प्याराडाइज चिलहरिया भएका छन् ।

फोटोः हेमन्त चौधरी


छात्र तर्फ १ सय मिटर दौडमा नेरा मा.वि गुलरीका राजन परियार प्रथम, भुवर भवानी मा.वि का सचिन खड्का दृतिय र सिद्धेश्वर मा.वि सिधनुवाका हिमाल घर्तिमगर तृतिय भएका छन् । २ सय मिटर दौडमा गुलरिका राजन परियार प्रथम, विनौनाका सचिन खड्का दृतिय र सिधनुवाका हिमाल घर्तिमगर तृतिय भएका छन् । ४ सय मिटर दौडमा नेरा मावि चिलहरियाका तिरथराम थारु प्रथम,भवनियापुरका संगिन थारु दृतिय र विनौनाका अजय थारु तृतिय भएका छन् ।
८ सय मिटर दौडमा सिधन्वाका मनिष पुन प्रथम, चिलहरियाका तिरथराम थारु दृतिय र भवनीयापुरका संगिन थारु तृतिय भएका छन् । १५ सय मिटर दौडमा सिधनुवाका मनिष पुन प्रथम, कुश्मेश्वर कुसुमका जेनिस के.सी दृतिय र गणेश मा.वि ढकेरीको महेश कुमार वली तृतिय भएका छन् । ४ सय इन्टु १ सय रिलेमा मदुई प्रथम,सिद्धेश्वर दृतिय र बिनौना तृतिय भएका छन् । लङ्गजम्पमा अमर ज्योती मा.वि नन्कौउपुरका राम कृष्ण थारु प्रथम, गुलरीका राजन परियार दृतिय र मदुइका सतिस थारु तृतिय भएका छन् । यसैगरी हईजम्पमा मदुइका सुरक्षा थारु प्रथम, नन्कौउपुरका कृष्ण थारु दृतिय र अगैयाका विक्रम लखेर तृतिय भएका छन् ।
त्रिपल जम्पमा मदुइका कृष्ण थारु प्रथम,जनशक्ति मा.वि बैजापुरका दिलु रिजाल दृतिय र बिनौनाका अजय थारु तृतिय भएका छन् । सटपटमा बालापुरका विराज वि.क प्रथम,ढकेरीकाप्रदिप थारु दृतिय र पेरानीका आशिष थारु तृतिय भएका छन् । ज्याभलिन थ्रोमा मदुइका रुपसिंह सारुमगर प्रथम, सिधनुवाका निरज चन्द ठकुरी दृतिय र चिलहरियाका सुर्जन थारु तृतिय भएका छन् ।

फोटोः हेमन्त चौधरी


यसैगरी छात्रा तर्फ १ सय मिटर दौडमा भवनियापुरका सम्झना थारु प्रथम अगैयाका अनीशा थारु दृतिय र सिधन्वाका रामकुमारी थारु तृतिय भएका छन् । २ सय मिटर दौडमा नवलपुरकी सम्झना थारु प्रथम, भवनियापुरकी सम्झना थारु दृतिय र सिधनुवाको रोशिका थारु तृतिय भएका छिन् । यसैगरी ४ सय मिटर दौडमा नवलपुरकी सम्झना थारु प्रथम, सिधनुवाकि रामकुमारी थारु दृतिय र अगैयाकि सुजिना थारु तृतिय भएका छन् । ८ सय मिटर दौडमा नवलपुरकि दिया परियार प्रथम, भवनियापुरकि भारती वि.क दृतिय र सिधनवाकि कृति थारु तृतिय भएकि छिन् । यसैगरी १५ सय मिटर दौडमा नवलपुरकि दिया सुनार प्रथम,बालापुरकि जानकी कुसारी दृतिय र भवनियापुरकि भारती वि.क तृतिय भएकि छिन ।
३ हजार मिटर दौडमा बालापुरकि जानकी कुसारी प्रथम, सिधनवाकि कृति थारु दृतिय र भवनीयापुरकि सुष्मा खड्का तृतिय भएकि छिन् । ४ सय मिटर रिलेमा जन जागृति आधारभुत नवालपुर प्रथम, सरस्वती मा.वि भवनियापुर दृतिय र शिव शक्ति मा.वि पेरानी तृतिय भएका छन् । १६ सय मिटर रिलेमा प्रथम जन जागृति नवालपुर दृतिय सरस्वती मा.वि भवनीयापुर र तृतिय सिद्धेश्वर सिधनवा भएका छन् ।
यसैगरी लङ्गजम्प तर्फ मदुईकी दिपा कुमारी थारु प्रथम, नवलपुरकि सम्झना थारु दृतिय र जनता मा.वि बैजनाथकि रन्जना थारु तृतिय भएकि छिन् । हाइजम्प तर्फ सिधनवाकि सोशिका थारु प्रथम, चिलहरियाकि सविता थारु दृतिय र मदुइकि सुमिना योगी, अगैयाकि रिमा पराई तृतिय भएकि छिन् । त्रिपल जम्पमा मदुइकि दिपा कुमारी थारु प्रथम, भवनियापुरकि सम्झना थारु दृतिय र सिधनवाकि सोशका थारु तृतिय भएकि छिन् ।

सटपटमा दुर्गा भवानी मा.वि शम्शेरगन्जकि प्रतिमा थारु प्रथम, चिल्ड्रेन प्याराडाइज टडुवाकि सुशिला थारु दृति र शिव शक्ति मा.वि पेरानीकि अनुशा दहित तृतिय भएकि छिन । ज्याभलिङ्ग थ्रो मदुइकि सुमिना योगी प्रथम, भवनियापुरकि सुश्मा चौधरी दृतिय र अगैयाकि दिपा थारु तृतिय भएका छन् ।


प्रथम उपाधी जित्ने आयोजक विद्यालय मदुइले ८ वटा गोल्ड मेडल प्राप्त गरेको छ । यसैगरी नवलपुरलाई ६ वटा गोल्ड मेडल , सिद्धेश्वरलाई ३ वटा गोल्ड मेडल र भवनियापुरलाई २ वटा गोल्ड मेडल प्रदान गरिएको छ । विजयता विद्यालय तथा छात्रछात्रालाई समापन समारोहका प्रमुख अतिथी राप्ती सोनारी गाउँपालिका उपाध्यक्ष धनी कुमारी खत्री, विशिष्ट अतिथी पूर्व मन्त्री प्रेम बहादुर भण्डारी, राप्ती सोनारी – २ का वडा अध्यक्ष मदन ओली, लक्ष्मी मा.वि मदुई विद्यालय ब्यवस्थापन समितीका अध्यक्ष तप्त पौडेललगायतले ट्रफी , मेडल तथा प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।
गत बुधबार राप्ती सोनारी–२ मदुई स्थित लक्ष्मी माध्यमिक विद्यालयको खेल मैदानमा सञ्चालन गरिएको १४ औं राष्ट्रपति रनिङ शिल्ड छनौट तथा चौथौं अध्यक्ष कप खेलकूद प्रतियोगितामा गाउँपालिका अन्तर्गतका ७२ वटा आधारभूत तथा मा.वि को सहभागीता थियो । प्रतियोगिताको गाउँपालिका अध्यक्ष लाहुराम थारुले भब्य समारोहकाबीच उद्घाटन गर्नुभएको थियो ।

तपाइको बिचार दिनुहोस

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्