चट्याङ लागेर राप्ती सोनारीमा ६ बर्षिय वालकको मृत्यु

0
674

बाँके, राप्ती सोनारी असार १४-


बाँकेको राप्ती सोनारीमा चट्याङ लागेर एक वालकको मृत्यु भएको छ । राप्ती सोनारी ३ नारायणपुरका नरेश थारुका ६ बर्षिय छोरा अभिषेक थारुको भेरी अस्पताल नेपालगञ्जमा उपचारका क्रममा मृत्यु भएको हो । नजिकैको जंगलमा बाख्रा चराउन गएका अभिषेक बेलुका ६ बजेतिर चट्याङ लागेर गम्भीर घाईते भएका थिए । भेरी अस्पतालमा उपचारका क्रममा अभिषेकको मृत्यु भएको राप्तीसोनारीका स्थानिय पत्रकार हेमन्त चौधरीले जानकारी दिए । अभिषेक सँगै रहेका सोही ठाउँका २२ बर्षिय युवक ईश्वरी ओली पनि घाईते भएकाछन् । ओलीको अहिले राप्ती सोनारी अस्पतालमा उपचार भईरहेको छ । चट्याङ लागेर अभिषेकको कपडा झिला झिला भएको थियो । पत्रकार चौधरीले भने –‘जिउ भरि निल डाम बसेको र अवस्था गम्भीर देखेर भेरी अस्पताल नेपालगञ्ज पठायौं, करिव साढे ८ बजेतिर उपचारको क्रममा वालकको मृत्यु भएको खबर पायौं ।’ अभिषेकसँगै घाईते भएका ओलीको अवस्था भने सामान्य रहेको र उनलाई आफैले राप्ती सोनारी अस्पतालमा लगेर उपचार गराईरहेको पत्रकार चौधरीले बताए । मृतक वालक, एक्लो शन्तान रहेको र उनका बुवा नरेश रोपाई सकेर ४ दिन अघि मात्र रोजगारीकालागि भारत गएको बताईएको छ ।

अघिल्लो लेखमानदीजन्य पदार्थको अवैध उत्खनन तथा ओसार–पसार रोक्न सरोकारवाला सहमत
अर्को लेखमाराप्ती नदीमा डुवेर एकजना वेपत्ता

तपाइको बिचार दिनुहोस

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्