बाँके, चैत १७-
कोरोना भाइरसको संक्रमण फैलिन नदिन सरकारले लकडाउन गरेपछि सर्बसाधारण घरबाहिर किनमेलका लागि निस्कन पाएका छैनन् । दैनिक ज्याला, मजदुरी गरेर जिविका चलाउने परिवारको त झन विचल्ली नै भएको छ । त्यस्ता परिवारलाई विभिन्न सामाजिक संस्थाले राहत वितरण गरिरहेका छन् ।

समाज सेवालाई निरन्तरता दिदै आएको कसौधन वैश्य समाजले राहत वितरण गरेको हो । समाजका अध्यक्ष नन्दलाल वैश्यले नेपालगन्जको घरबारी टोल, फुलटेक्रा, बागेश्वरी टोल, बुलबुलिया, घसियरानटोल लगायत स्थानमा पुगेर राहत स्वरुप खाद्यान्न वितरण गरिएको जानकारी दिनुभयो । राहत स्वरुप ३ सय ६५ परिवारलाई चामल, दाल र आलु वितरण गरिएको उहाँले बताउनु भयो । ‘देश अप्ठ्यारो अवस्थामा रहेको छ, यस्तो अवस्थामा काम गर्न नपाएका गरिव तथा विपन्न परिवारलाई राहत बाँड्न पाउँदा हामी खुसी छौं,’ नेपालगन्ज उद्योग वाणिज्य संघका निर्वतमान अध्यक्ष समेत रहनु भएका समाजका अध्यक्ष वैश्यले भन्नुभयो ।
