खेलकुद मन्त्री अथकलाई पराजित गर्दै एमालेका ढकाल निर्वाचित

0
124

बाँके (राप्ती सोनारी), मंशिंर ८-

बाँकेको प्रतिनिधी सभा क्षेत्र नम्बर–१ मा नेकपा एमालेका नेकपा एमालेका केन्द्रीय सदस्य सूर्य ढकाल निर्वाचित हुनुभएको छ । ढकालले बाम रोकतान्त्रिक गठबन्धनका उम्मेद्वार नेकपा माओवादी केन्द्रका महेश्वरजंग गहतराज ‘अथक’ लाई ५३९४ मत्तान्तरले पराजित गर्र्दै निर्वाचित हुनुभएको हो । मुख्य निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारी अनुसार ढकालले २५ हजार २६ मतका साथ विजयी हुनुभएको छ । युवा तथा खेलकुद मन्त्री समेत रहनु भएका गहतराजले १९ हजार ६ सय ३२ मत प्राप्त गर्नुभएको छ । यो सहित बाँकेमा प्रतिनीधि सभा तर्फको मत गणना सकिएको छ । बाँके क्षेत्र नम्बर २ मा राष्ट्रिय प्रजवातन्त्र पार्टीका महामन्त्री डाक्टर धवल शमशेर राणा र क्षेत्र नम्बर ३ मा काँग्रेसका सह महामन्त्री किशोर सिंह राठोर निर्वाचित भईसक्नुभएको छ । प्रदेश तर्फ बाँके क्षत्र नम्बर –२ (क) बाट जनता समाजवादी पार्टी (जसपा) का नेता भण्डारीलाल यादव, २ (ख) मा जनता समाजवादी पार्टी(जसपा)का आदेशकुमार अग्रवाल, प्रदेश सभा ३ (क) बाट नेकपा एमालेका रत्न खत्री र ३ (ख) मा बादशाह कुर्मी निर्वाचित भईसक्नुभएको छ । बाँके क्षेत्र नम्बर १ प्रदेश तर्फको मत गणना जारी छ । प्रदेश तर्फ क्षेत्र नम्बर १ (क) नेकपा मओबादी केन्द्रका उम्मेद्वार कृष्णा केसी नमुना अग्रता लिईरहनु भएको छ ।

तपाइको बिचार दिनुहोस

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्