खनालको नेतृत्वमा नेपालगन्जमा आर्थिक पत्रकार समूह गठन

0
15


नेपालगन्ज, असोज ६-


बाँकेका पत्रकारले अन्नपूर्ण पोस्ट् दैनिकका उप–सम्पादक शंकरप्रसाद खनाल अध्यक्ष रहेको आर्थिक पत्रकार समूह गठन गरेका छन् ।
आर्थिक एजेण्डाका विषयमा कलम चलाउने पत्रकारहरुको बिहीबार नेपालगन्जमा सम्पन्न भेलाले खनालको नेतृत्वमा समूहकोे सात सदस्यीय तदर्थ समिति गठन गरिएको हो ।

खनाल नेपालगन्जबाट ०६३ सालमा प्रकाशित अर्थखबर पाक्षिकका सम्पादक हुन् । उनी नेपालगन्जको समाचारमूलक अनलाइन मेरोखुसी डटकमका पनि सम्पादक हुन् ।
समूहको उपाध्यक्षमा रुपा गहतराज (कान्तिपुर दैनिक), सचिव लक्ष्मण ढुंगाना (कारोबार दैनिक÷एपी वान टेलिभिजन), सहसचिव निशु जोशी (रेडियो कृष्णसार) र कोषाध्यक्ष विमला चौधरी (बीबीसी नेपाली सेवा) चयन भएका छन् । देवेन्द्र पौडेल (दैनिक नेपालगन्ज) र विजय मल्ल (सद्भाव दैनिक) समूहकोे सदस्य भएका छन् ।

अघिल्लो लेखमानरैनापुरमा ‘भ्रष्टचार नियन्त्रण र सुशासन प्रवद्र्धन’ विषयक अन्तरक्रिया सम्पन्न
अर्को लेखमासख्या नाच जगेर्ना गर्दै आएका युवा युवतीलाई पोशाक वितरण

तपाइको बिचार दिनुहोस

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्