कोहलपुरको उपनिर्वाचनमा ८० प्रतिशत मत खस्यो

0
151

कोहलपुर-कोहलपुर नगरपालिका वडा नम्बर ६ मा शनिबार सम्पन्न उप–निर्वाचनमा ८०.६५ प्रतिशत मत खसेको छ । जिल्ला निर्वाचन अधिकारी खुमप्रसाद सुवेदीका अनुसार कुल २ हजार २६ जना मतदाता रहेकोमा १ हजार ६ सय ३४ मत खसेको हो । स्थानीय सिद्धार्थ आधारभुत बिद्यालयमा सम्पन्न भएको निर्वाचनको ‘क’ मतदान केन्द्रबाट ३ सय ९१ जना पुरुष र ४ सय ३९ महिला गरी कुल ८ सय ३० मत खसेको छ । यस्तै ‘ख’ मतदान केन्द्रबाट ३ सय ६० पुरुष र ४ सय ४४ महिला गरी कुल ८ सय ४ मत खसेको जिल्ला निर्वाचन अधिकारी सुवेदीले बताए ।

बिहान ७ बजेबाट सुरु भएको मतदान शनिबार बेलुका ५ बजेसम्म चलेको थियो । निर्वाचनको मत गणना कोहलपुरको पिपरीस्थित कृषि विकास बैंकको तालिम केन्द्रमा सुरु भएको निर्वाचन अधिकारी सुवेदीले जानकारी दिए । उक्त निर्वाचनका लागि १० जना कर्मचारी तथा ८ जना स्वयं सेवक परिचालित भएका थिए । निर्वाचनलाई मध्यनजर गर्दै ठुलो संख्यामा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र राष्ट्रिय अनुसन्धानका कर्मचारी परिचालित भएका थिए । उक्त निर्वाचनका लागि विभिन्न दलबाट प्रतिनिधीत्व गर्दै ५ जना उम्मेदवार प्रतिस्पर्धामा छन् ।

नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को तर्फबाट रामशरण थारु, नेपाली कांग्रेसका श्रीकृष्ण थारु, राप्रपाका श्रीधर सुवेदी, समाजवादी पार्टीको तर्फबाट शोभाकर पोखरेल र नेपाल मजदुर किसान पार्टीबाट दिपालक्ष्मी हमाल प्रतिस्पर्धामा छन् । दिनभर चलेको मतदान शान्तिपुर्ण रुपमा सम्पन्न भएको मुख्य निर्वाचन अधिकृत खडानन्द तिवारीले बताए । ‘दिनभर शान्तिपुर्ण रुपमा मतदान सम्पन्न भयो,’ उनले भने ।

अघिल्लो लेखमावन तथा वातावरण संरक्षण बहुउद्देश्यीय सहकारी संस्थाको सवा ५ करोड बढी आय/ब्यय प्रस्तुत
अर्को लेखमापरिवर्तन सामाजिक उद्यमी महिला सहकारीको साधारण सभा सम्पन्न

तपाइको बिचार दिनुहोस

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्